सामुदायिक विद्यालयको शिक्षामा जनप्रतिनिधिको ध्यान कहिले जाला ?

आज फेरि सामुदायिक विद्यालयको खचकिदो गुणस्तर घटदा विद्यार्थीह
 
रुको बारेमा र जनप्रतिनिधिहरु लयाएत समाज परिवर्तन ल्याउनु पर्छ भन्ने बौद्धिक बर्ग बेवास्ता को कारण र के गर्दा सामुदायिक विद्यालयहरु कुरामा अब्बल गुणस्तर हुन्छ भन्ने कुराको उठान सङ्गै समाधान हुन्छ भन्ने थोरै लेख्न मन लाग्यो।
 

 
राज्य संघियतामा  गए सङ्गै स्थानीय चुनाव पनि दुई चरण को सकियो तर सामुदायिक विद्झयालयहरु झन खच्किदो अबस्थामा पुगेको छ। १ कक्षा मा  १२ लाख हाराहारी भर्ना हुदा  SEE दिने समय मा ५ लाखा हुन्छन् बाकी बिद्यार्थी कहाँ गए किन गए न राज्य ले चासो देखाएयो न स्थानीय सरकार ले झन यहि अवस्था रहि रहे सामुदायिक बिधालय मर्छ भएर सकिने अबस्थामा पुग्छन्।यी यस्ता कुरा ले मलाई धेरै चिन्ता दिन्छ साथै कहि कतै १०० मा १० वटा सामुदायिक बिधालय को भर्ना भरिभराउ देख्दा फेरि गर्व लाग्छ।अनि हाम्रो स्थानीय सरकार को किन ध्यान नजर जादैन सामुदायिक बिधालय लाइ गुणस्तर बनाउन भनेर छक्क वक्क लाग्छ।स्थानीय चुनाव भएर गाउँ गाउँ मा प्रतिनिधि भएको लगभग एक दशक हुन लागो तेहि पनि गुणस्तर साथै निजि बिधालय सङ्गको प्रतिस्पर्धा झन झन खुम्ची राछ अझै हामी मनन नगने नि हो??? यी यस्ता कुरा मा न मेयर लाई चासो भयो न उपमेयर न वडा अध्यक्ष न हामी बौद्धिक हुम हामी समाजबाद ल्याउने नेता हुम भन्ने लाई नि।बजेट करोडौं करोड चाहिने हैन नियमन नियम कानुन स्थानीय तह ले मिल्ने गर्ने पनि हाम्रा प्रतिनिधि ले गर्न चाहानु हुन्न।अर्को नगर या छिमेकी  हेरेर बुझेर त परको कुर कसैले लेखेको कुरा पनि बेवास्ता गर्नु हुन्छ।अरुको किन सिको गर्नु जस्तो लागो भने आफै ले नया नया कुराहरु ल्याएर भिजन बनाएर यति बर्ष मा यति गर्छुम भनेर मिसन लिएर हिने के हुदैन होला🤔🤔अनि स्थानीय नेता हुनुहुन्छ नि अनि आफुलाइ बौद्धिक ठान्ने भोलि उहाहरु जनता को सेवा गर्छु भनेर चुनाव मा उठदै गर्दा सामुदायिक शिक्षा बुझेको युवाले शिक्षा सम्बन्धि कुनै प्रश्न गरेमा के उत्तर दिनु हुन्छ होला??? आज यस्तो बिकराल परिस्थिति आयो कि धनी ले पाउने शिक्षा र गरिब ले पाउने शिक्षा को दुरि धेरै पर पुगो समाजबाद ल्याउछु भन्नेहरुले आफ्नै घर बाट पुजिबाद हाबी गरि रा छन।अनि उनिहरु नै सोझा 
जनता भेला पार्छन अनि चिच्याउदै भाषण गर्छन हामिलाइ जिताउनु हामी समाजबाद ल्याउछुम भनेर। हाम्रा मेयर,उपमेयर,वडा अध्यक्ष को त झन  सामुदायिक बिधालय लाई हेर्ने दृस्ठि त जिरो छ। हामी भोज भतेर मा समय दिन्छुम तर बिधालय मा समय मिलाएर अनुगमन गर्न जादिनौ।के कुरा ले बन्देज गरेको छ हौ?? स्थानीय सरकार को अधिकार के कति हुन्छ शिक्षा मा के के परिवर्तन गर्न सकिन्छ तो काठमाडौ का मेयर लाई हेरेर नि केही राम्रा कुरा सिक्दा त हुन्छ होला नि।हामी जुन कुरा जनता को नैसर्गिक अधिकार हो भन्छौ तेस्मा यो हालत छ अनि हामिले के अधिकार पाइम भन्नु।
तेसो भए अब के गर्ने त भन्ने लाग्छ होला केही साथिहरुलाइ।अब सामुदायिक विद्यालय पाएक पर्ने देश बिदेश घुमेका गाउँ मै रहेर नि निस्वार्थ सेवामा लागेका बौद्धिक युवाहरुले चेतना साथै सामुदायिक बिधालय अभियान्ता भएर लागि पर्नु पर्छ।आफ्नो छरछिमेक ले गिटि कुटेर या अरु कुनै कुरामा मजदुरी गरेर होस या वैदेशिक रोजगार बाट कमाएको पैसा सबै शिक्षा लगाएर झन झन आर्थिक कम्जोर हुँदै गरेको परिवार लाई जगाउनु पर्छ।यसरी युवा होस या अलिक पाको होस सामुदायिक बिधालय हाम्रो सम्पत्ति हो यसलाइ हामिले मिलेर जगणना गर्नु पर्छ भनेर लागेर अगाडी बढे सबै कुरा सम्भावना छ।एउटा बौद्धिक ब्यक्ति ले ब्यबस्थापन को जिम्मा लिएर अगाडि बढे हजारौं बालबालिका को निशुल्क भबिस्य बनाउन सकिन्छ तेस्को लागि तेहाको समुदाय सबैले साथ दिनु पर्छ ब्यबस्थापन दरो भए सर मिसहरुले पनि आफ्नो शिक्षा पेसालाइ अब्बल साबित गरेर देखाउनु हुन्छ।तेस पछि यी किरा सरि निस्केका निजि बिधालय आफै बन्द हुन्छ र केही सिमित रहन्छन् तेस्ले आर्थिक अवस्था कम्जोर भकालाइ फरक पार्दैन। हामी आगन को सामुदायिक विद्यालय बेवास्ता गरेर १५ मिनेट हिनेर पुर्याउने ल्याउने र खाजा खुवाउने समय पुग्छुम तेहि समय सामुदायिक बिधालय मा दिने हो भने तेहा पनि तेति नै नतिजा ल्याउन सक्ने हुन्छन्।यदि परिवर्तन गर्ने हो सामुदायिक बिधालय लाई गुणस्तर साथै बाताबरण मैत्री खेल मैत्री या अन्या सबै कुराको मैत्री बनाउने भए।
स्थानीय नेता पत्रकार बौद्धिक बर्ग सजक युवाहरुले लागि पर्नु पर्छ पर्छ पर्छ।हामिले हाम्रो ठाउको सामुदायिक बिधालय संरक्षण नगर्ने हो भने।जागिर खान आउने जागिर खाने ले मात्र पढाएर चाहिँ गुणस्तर हुदैन।  सामुदायिक विद्यालय सुधारक को एक चिन्तक।
 
– शेखर निरौला उर्फ ( सानो भाइ) 
बेलका नगर २  नम्बर वडा हाल साउदी अरेबिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *