बेलकाका एमाले,माओवादी र केहि अन्य कम्युनिस्ट पार्टीको आदरणीय नेता,कार्यकर्ता र भोटर्स साथि हरु
मन्दिर दर्शन,पुजापाठ,भाग्वत कथा स्रवण, र चर्ज मा प्रार्थन गर्न वा अन्य धार्मिक कार्य हरुमा संग्लग्न भएको प्रसस्तै देखिँदैछ।
के उनिहरुले कम्युनिस्ट पार्टी वा मार्क्सवाद के हो भन्ने बुझेकाहोलान त?
उनिहरुलाइ मार्क्सवादको दर्शन,दृस्ठिकोण र बिचार के हो,भन्ने कुरा थाहा होला त? मार्क्सवाद र धर्म बिचको दार्शनिक,बैचारिक र दृस्ठिकोण बिचको बिन्नता बोध होला?
धर्म र मार्क्सवादको बिचार,आगो र पानी जस्तै परस्पर बिरोधि हुन्छ ,हैन र?।आगो र पानी एउटै समयमा एकैठाँउ ,प्राकृतिक रुपमा संगैहुन कहिल्यै सक्छ र ?
तर एउटै मान्छे कम्युनिस्ट पार्टीको कार्यकर्ता, नेता,वा भोटर्स सबै एकैचोटि भएकाछ्न,यो अप्राकृतिक र अनौठो छैन र?उनिहरु ले धर्म भनेको व्यक्तिको आस्था पो हो त!! भन्ने तर्क गरेको सुनिन्छ। धर्म यदि आस्था हो भने ,पार्टी वा मार्क्सवाद चै के हो त??? अस्था हैन ?
यी साथि हरुले कि त मार्क्सवाद फिटिक्कै नबुझेको हुनुपर्छ।यदि बुझ्या छ्न भने मार्क्सवाद मै आस्था,बिश्वास र प्रयोग गर्नुपर्छ। हैन भने कम्युनिस्ट पार्टी सिध्याउन धार्मिक मानिस हरुले सुनियोजित रुपमा खटाएको मानिस हुनुपर्छ ।
के चै होलान त यी साथिहरु?मैले त फिटिकै छुट्याउनै सकिन।के यो बहस को बिषय हैन??
-रमेश लामिछाने
One thought on “बेलाकाको एमाले, माओवादी पार्टीका नेताहरु कमयुनिस्ट हुन् या धार्मिक ?”