चित्कार

चीत्कार !!!

 

घाउ छ मनमा, पिडा छ जिवनमा

ठाउँ कहिँ छैन,न साथी भेट्छु न देउता ।(२)

समाजले चाडै बिर्सेको ,पट्टी बादेको न्यायलयले नदेखेको म पीडित एउटा ।

 

मेरो घटनाले कतिको डलरका  कन्टेन्ट बने,(२)

मेरा तस्वीर अनि समाचारले विभिन्न संजाल छायो।

खै त आजसम्म मैले न न्याय पाए (न त अस्मिता फिर्ता आयो।)२

 

उजाडिएको मेरो इज्जतको भिख माग्न कतिधेरै धोका ढकढक्याउन  गए।(२)

लुटिएकी म ,

कहि न्याय दिने नाउँमा प्रश्न माथीको प्रश्नले  झन दोस्रो पल्ट म बल्तकृत भए।

 

जब नि! तेस्ता प्रश्नहरु कानले सुन्छ 

अनि फेरि मेरो मस्तिष्क र मनोविज्ञानको पटकपटक बलात्कार भएको आभाष हुन्छ।(२)

 

नारी लुटिदा उस्को उत्तेजित कपडालाई दोश दिने तिमी(२)

डाइफर लगाएको १८ महिने शिशु लुटिदा

केलाई दोश दिन्छौ त जवाफ छ तिमिसङ?

 

जसको सर्बस्व लुटिएको छ

उल्टै दोषको थुप्रो उसैलाई ?

अन्त्य हुनुपर्छ यो युगको ,अपराध गरेर खुला बजारमा हिड्ने अधिकार छैन कसैलाई ।(२)

 

अरे छोरी पीडित घटना येस्ता घटना हुन 

जहा उल्टै पीडितलाई समाजको नजरमा गिराइदिन्छन।

अनि उनै लाचारलाई बेस्या, भा***, र** उपनामाको बिल्ला भिराइदिन्छन।

 

तिमी एउटा पिचासले गर्दा कति नारी मर्दैछौ।

सरम लाग्दैन?(२) तिमी एउटा पुरुषले सारा पुरुषको बद्नाम गर्दैछौ।

 

दोष कस्को बलात्कार जन्मिन? समाज या माटो?

ए लौन! मेरो न्यायका निम्ति आवाज उठाइदेउ भन्दा न्यायलय अन्धो भैदिन्छ अनि यो समाज लाटो।

 

मान्छे भएर जन्मेका थियौ तर मान्छे बन्न सकेनौ  राक्षसको जस्तो व्यवहार गर्न थालेउ?

 

घटनाको प्रतिकार तु गरे आवेगमा निर्णय लिनिहुन्न रे।

अनि ढिला गरे येत्रो समय के हेरेर बसिस रे?

 

मेरा लागि मै बोल्छु भन्दा नपाउने

अनि कसो गर्दा मैले न्याय पाउने  ?

 

लाग्छ आजकाल जनावरहरु जङ्गल बस्न छोडे=२)

उनिहरु भन्दा कयौ गुना क्रूर काम गर्ने दानवहरु बस्तिका कति घरमा दाइ- भाइ ,काका,मामा,बुवाजस्ता नाताको ताज पहिरेर बस्या छन। 

 

कति ठूलो शक्ति छ है तिमिसङ

तिमिलाइ इच्छा र चाहाना हुदा चाहिहाल्ने

अनि मैले नाइ भनेर प्रतिकार गर्दा

जवरजस्ती गर्न पाइहाल्ने।

 

पश्चताप छैन मलाई नारी भएर जन्मनु 

इतिहास कोरेर भविस्य लेख्नुछ मजस्ता पीडितका घाउमा मलम भर्नुछ।

कानुन र समाजले नसकेको तिमि दुरचारिलाइ

म एक्लैले सामाना गरेर परास्त  जो गर्नुछ।

 

अन्त्य गर्नु छ नारी माथी हुने 

जति शोषण अनि दमन छ।

आजसम्म आ-आफ्नो क्षेत्रबाट सच्चा मनले नारी हितका लागि बोल्नुहुनेहरुप्रती सधै  नमन छ।

 

लेखिका- बेलाका नगरपालिका वडा न ९ का हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *