वडा नं ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता स्व. पदम ब. खड्काको पार्थिव शरीरलाई आज अन्त्येष्टि गरीएको छ। आज रामपुरस्थित नगरपालिकाको कार्यलय प्राङ्गणमामा बेलकाका सम्पुर्ण राजनितिक दलका नेता तथा कार्यकर्ता, कर्मचारी तथा शुभेच्छुकहरुले राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरि खड्काको अन्त्येष्टि गरिएको हो।
गत जेष्ठ ३० गते सुन्सरीमा बाइकमा सवार उनी सफारीसँग ठोक्किन पुगेका थिए। त्यसबेला बाहिरी अवस्था सामान्य देखिएपनी कानबाट रक्तस्राव भएपछी घोपा क्याम्पमा उपचारको लागि लागिएको थियो। केही दिन पश्चात् घोपामा उपचार सम्भव नभेपछि इमर्जेन्सी हवाईएम्बुलेन्स मार्फत धरान घोपा क्याम्पबाट काठमाडौँको नर्भिक अस्पतालमा उपचारको लागि पुर्याईएको थियो। नर्भिक अस्पतालमा अपरेसनपछि केही समय अवस्थामा सुधार देखिए तापनी असार ६ गते रातको १०:४५ बजे डाक्टरहरुले उनलाई मृत घोषणा गरका थिए।
Rest in peace
Rip
Rip 🥲