अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेस्रो बिराटनगर महानगर सम्मेलनले बौद्दिक व्यक्तित्व तथा युवा अभियानता प्रीतम साहलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको छ। जेठ ८ गते भएको महानगर सम्मेलनमा अध्यक्ष साहसहित ६१ सदस्यहरु सम्मिलित बिराटनगर महानगर समिति बनेको छ।
पुर्वान्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङबाट कम्प्युटर इन्जिनियरिङ्गमा स्नातक तह पूरा गरेका साह किशोरावस्थादेखि नगर बाल क्लब संजाल, जिल्ला बाल क्लव नेटवर्क, सुनौलो अवसर युवा क्लव, खगोल तथा अन्तरिक्ष अध्ययन अनुसन्धान समिती, बिराट युवा जागरुक मन्च जस्ता संस्थाहरुमा सकृय भई सामाजिक क्षेत्रमा युगदान पुर्याउँदै आएका थिए।
यस नवनिर्वाचित समितिमा सतीश झा, केशव राजवंशी, दिक्षन्त मण्डल र साहिन शेख सहित चार जना उपाध्यक्षहरू रहेका छन्। त्यसैगरी सिवनी चौधरी सचिव पदमा निर्वाचित भएकी छिन् भने सुरेश पल, सुस्मिता शर्मा, सुजीत यादव र साजन उराउ सह सचिवहरूको रूपमा चयन भएका छन्। अभिषेक कुमार राय कोषाध्यक्षको पदमा निर्वाचित भएका छन्।
पछिल्लो समय विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलनको सहि मर्मलाई नबुझ्दा विद्यार्थी संगठनहरुमाथी निकै प्रश्नहरु खडा हुने गरेका छन्। यस प्रकारका प्रश्नहरुलाई चुनौती दिदैँ समग्र विद्यार्थी आन्दोलनको सहि अर्थ र मर्म बमोजिम शसक्त बनाइदैँ लैजाने कुरामा समितिले प्रतिबद्दता जनाएको छ।