बेलकामा बाल विद्याले अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने

बाल विद्या मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुलले यहीँ असार १४ गते अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको छ। बेलका नगरपालिका वडा नं २ र १ का ८ वटा विद्यालयहरु उपस्थित हुने यस कार्यक्रम बाल विद्या बोर्डिङ स्कुलकै प्राङ्गणमा हुन गईरहेको छ। विद्यार्थिहरुलाई पाठ्यक्रममा मात्रै सिमित नगरी अतिरिक्त क्रियाकलापहरु गराउँदै विद्यार्थीहरुलाई समसामयिक ज्ञान प्रदान गर्ने उद्धेश्यकासाथ यस कार्यक्रमको आयोजना हुन गईरहेको बाल विद्याका प्रधानाध्यापक ध्रुवराज तामाङ्गले बताउनु भयो।

यस हाजिरीजवाफ प्रतियोगिता बाल विद्या मन्दिर इङ्गलिस बोर्डिङ स्कुलको वार्षिक कार्यक्रमहरुमध्येको एक कार्यक्रम हो। प्रतियोगितामा पुरस्कार स्वरुप प्रथम हुने समुहलाई रु.५,०००, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने समुहले रु. २,५००, मेडल र प्रमाणपत्र पाउनेछन्। श्री सप्तकोशी मा.वि. भागलपुर, नारायण देवजी चौधरी मा.वि. आम्बासी, उदयपुर लिटल हेभन स्कुल,तपेश्वरी आधारभुत विद्यालय गलफडिया, हिमशिखर बोर्डिङ स्कुल, पारुहाङ चोक, श्री जनता बेलका मा.वि, पुरन्दह र तपेश्वरी म्यारिगोल्ड विद्यालयबाट विद्यार्थिहरुले सहभागिता जनाउने छन्। यस कार्यक्रममा एक विद्यालयबाट एक ४ जना विद्यार्थिहरुका एक समुहले भाग लिनेछन्। प्रतियोगितालाई अझ रोचक र फेयर पार्नका लागि कार्यक्रम सुरु हुन १:३० अगाडि प्रत्येक विद्यालयका एक प्रतिनिधि शिक्षक आयोजना स्थलमा उपस्थित भई प्रश्नहरु निर्माण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *