एसईई परीक्षा प्रकाशित; १८६ जनाले ल्याए ४ जिपिए

१३ असार, काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशित गरेको छ। परिक्षामा उपस्थित भएका जम्मा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीहरु मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्र ग्रेडिङ जिपिएल्याएका छन् भने बाँकी विद्यार्थीहरुले नन ग्रेडिङ जिपिए ल्याएका ल्याएका छन्। १८६ जना विद्यार्थीले शतप्रतिशत ४ जिपिए ल्याएका छन्।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । जस अनुसार परिक्षार्थिले ७५ पुर्णाङ्कको सैद्दन्तिक विषयमा परीक्षा उत्तीर्ण गर्न न्युनतम ३५ प्रतिशत अर्थात २६.२५ अङ्क ल्याउनुपर्नेछ भने २५ पुर्णाङ्कको आन्तरिकतर्फ उत्तीर्ण हुन ४० प्रतिशत अर्थात १० अङ्क ल्याउनुपर्ने हुन्छ।

विद्यार्थीले कुनै विषयको सैद्धान्तिक तर्फ ३५ अङ्क वा आन्तरीकतर्फ १० अङ्क नल्याएको खण्डमा प्रमाण पत्रमा एन जि(नन ग्रेडेड) उल्लेख गरिएको हुन्छ। एन जि उल्लेख भएका परिक्षार्थिले मुल प्रमाण पत्र ओआउने छैनन् र एघारमा भर्ना हुन पाउने छैनन्। दुई विषयसम्म एन जि प्राप्त भएमा परिक्षार्थिले यसै वर्ष ग्रेड वृद्दी परिक्षामा सामेल हुन पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *