असार १४, बेलका। उदयपुर जिल्लाबाट एसईई मा उपस्थित जम्मा ५,६७३ जना विद्यार्थीहरुमध्ये १८४९ जना विद्यार्थीहरुले मात्र ग्रेडिङ जिपिएल्याएका छन्। अर्थात जिल्लाका शतप्रतिशत विद्यार्थिहरुमध्य ३२.५९ प्रतिश विद्यार्थिहरुले मात्र कक्षा ११ मा भर्ना गर्न पाउनेछन्। जिल्लाका ६७.४१ प्रतिशत विद्यार्थिहरु कक्षा ११ मा भर्ना हुन योग्य हुने छैनन्। तर दुई वटा विषयमामात्र NG प्राप्त गरेका विद्यार्थिहरुले ग्रेड वृद्दी परीक्षा दिन पाउने छन् र त्यस पश्चात ग्रेड वृद्दी भएमा मात्र कक्षा ११ मा भर्ना हुन पाउनेछन्। यस नतिजाले उदयपुर जिल्लाको शैक्षिक अवस्था निकै खच्किँदो र दयनिय भईरहेको प्रष्ट पार्दछ।
उदयपुर जिल्ला शिक्षा समन्वय इकाईको तथ्यङ्क अनुसार १३८ जना विद्यार्थीहरुले A+ ग्रेड , ४२६ जना विद्यार्थीहरुले A ग्रेड, ६६३ जनले B+ ग्रेड, ५४७ जनाले B ग्रेड, ७४ जनाले C+ ग्रेड, र १ जनाले C ग्रेड ल्याउन सफल भएका छन्। ३,८२४ जना विद्यार्थिहरुले नन ग्रेडिङ जिपिए ल्याएका छन् ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । जस अनुसार परिक्षार्थिले ७५ पुर्णाङ्कको सैद्दन्तिक विषयमा परीक्षा उत्तीर्ण गर्न न्युनतम ३५ प्रतिशत अर्थात २६.२५ अङ्क ल्याउनुपर्नेछ भने २५ पुर्णाङ्कको आन्तरिकतर्फ उत्तीर्ण हुन ४० प्रतिशत अर्थात १० अङ्क ल्याउनुपर्ने हुन्छ।
सम्बन्धित निकाय तथा सरोकारवालाहरुका निति तथा कार्यक्रममा गुणस्तरीय शिक्षाको विषयलाई प्राथमिकतामा नराखिनु नै मुख्य कारण हो भनी बौद्दिक व्यक्तित्वहरुले विश्लेषण गर्दै आईरहेका छन्।