आज बेलकामा भएको अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगितामा बाल बिद्या बोर्डिङ ईङ्गलिस स्कुल प्रथम र जनता बेलका बेलका मा.वि पुरन्दहले दोस्रो स्थान हासिल गर्न सफल भएका छन्।
बाल बिद्या बोर्डिङ ईङ्गलिस स्कुलको आयोजनामा सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप बाल बिद्या मन्दिर इङ्ग्लिस स्कुललाई रु. ५००० नगद राशी, मेडल र प्रमाण पत्र र द्दितिय पुरस्कार स्वरुप जनता बेलका मा वि पुरन्दहले रु.२,५०० नगद राशी, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन्।
प्रतियोगितामा आयोजक विद्यालयको टिमका साथ साथै श्री सप्तकोशी मा.वि. भागलपुर, नारायण देवजी चौधरी मा.वि. आम्बासी, उदयपुर लिटल हेभन स्कुल,तपेश्वरी आधारभुत विद्यालय गलफडिया, हिमशिखर बोर्डिङ स्कुल, पारुहाङ चोक, श्री जनता बेलका मा.वि, पुरन्दह र तपेश्वरी म्यारिगोल्ड विद्यालयबाट विद्यार्थिहरुको समुहले सहभागिता जनाएका थिए।