कान्तिपुर कलेज बिराटनगरमा यहीँ असार १९ गते प्रवेश परीक्षा हुने

कक्षा ११/१२ का विद्यार्थिहरुका रोजाईको अग्रपंक्तिमा रहने कान्तिपुर कलेज बिराटनगरले कक्षा ११ मा भर्ना हुने विद्यार्थिहरुका लागि यहीँ असार १७ गते वुधबार प्रवेश परीक्षा खुलाएको छ। विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन सङ्कायहरुमा अध्ययनका लागि प्रवेश परीक्षा खुलेको हो।

कान्तिपुर कलेजले विद्यार्थिहरुका सर्वाङ्गिण विकासका लागि पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापहरुलाई समेत प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ। कलेजले कक्षा १२ पश्चात् ईन्जिनियरिङ , मेडिकल, बैङ्किङ क्षेत्रमा जानका लागि तयारी कक्षाहरु समेत अनिवार्य गराई विद्यार्थीहरुका सुन्दर भविष्य निर्माण गर्न सहजीकरण गर्दै आईरहेको छ। कलेजका प्रधानाध्यापक भुवन नेपाल बताउनुहुन्छ ‘कक्षा ११/१२ मा विद्यार्थि भर्ना गर्नुमात्र हाम्रो उद्धेश्य होईन, ११/१२ पश्चात् जिवनउपयोगी शिक्षा प्रदान गर्नु तथा विद्यार्थीमा नैतिक आचरणको विकास गर्नुसमेत हाम्रो उद्धेश्य हो।’

कलेजले अत्याधुनिक विज्ञान प्रयोगशालाका साथै ई-लाईब्ररी, यातायात,खेलकुद र होस्टल जस्ता अतिरिक्त सेवा सुविधाहरु समेत प्रदान गर्दै आईरहेको छ। विगत छोटो समयमै उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस कलेजमा पुर्व मेचिदेखी पश्चिम जनकपुरसम्मका विद्यार्थीहरु कक्षा ११/१२ अध्ययन गर्न यस कलेजमा आउने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *