१७ असार काठमाडौं । कांग्रेस र एमालेबिच सोमबार रातिसम्म भएको बैठकमा कांग्रेस र एमालेबिच संविधान संशोधन गर्ने एजेण्डासहित सत्ता सहकार्य गर्ने सहमती भएको छ।
एमाले कांग्रेसबीच भएको मुख्य मुख्य सहमति यस प्रकार रहेको छ:
-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने।
-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने।
-एमाले (कोशी, लुम्बिनी, कर्णाली)
(कांग्रेसले – बाग्मती, गण्डकी र सुदुरपश्चिम) प्रदेशमा सरकारको नेतृत्व गर्ने।
-मधेष प्रदेश, मधेषी दललाई दिने।
-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति।
-पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने।
-संविधान संशोधन गरेर स्थानीय तहको संख्या घटाउने।
-राष्ट्रिय सभामा समानुपातिक व्यवस्था गर्ने।
-राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिने। -प्रदेशको संख्यामा पुनरवलोकन गर्ने।
-प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने।
-प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने।