बेलका नगरपालिकाको लागि ३८ वटा योजनाहरू कोशी प्रदेशबाट पारित: कुन-कुन योजनाहरू कति-कति बजेटका छन् त ?

आर्थिक वर्ष २०८१/२०८२ का लागि आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेशले असार १४ गते प्रकाशन गरेको ‘कार्यक्रम र परियोजना अनुसार बजेट विनियोजन(कार्यक्रम पुस्तिका)’ अनुसार बेलाका नगरपालिका भित्रको लागि ३६ वटा कार्यक्रम तथा योजनाहरू रहेका छन्। जसमध्ये सडक निर्माण तथा स्तरोन्नति सम्बन्धी ८ वटा,सिंचाई सम्बन्धी ६ वटा, खेल मैदान १ वटा, नदी नियन्त्रण १ वटा,पार्क ३वटा, १ वटा स्वास्थ्य चौकी निर्माण, १ वटा स्वास्थ्य चौकी मर्मत, एक
१ विद्यालयमा शौचालय निर्माण, एक क्याम्पसलाई अनुदान, एक बहुजातीय संग्रहालय,एक मन्दिर, एक पहिरो नियन्त्रण, एक ट्रस्टपुल निर्माण, एक टोल विकास संस्था भवन र एक खानेपानी सम्बन्धी योजनाहरू रहेका छन्।

बेलका नगरपालिकाका लागि परेको योजनाहरू यस प्रकार रहेका छन्।

१. काली खोला खा.पा.यो., बेलका -०१
-रु. १५,००,०००
२.पाचाधारे खानेपानी योजना बेलका-०३
रु. ५,००,०००
३.खोरिया खानेपानी आयोजना belakaa-०९
रु. ५,००,०००
४.मडवा खोला बाँध बाँधी सिचाई आयोजना, बेलका १, उदयपर
-रु. १०,००,०००
५.सेतिखोला डिप ट्युबेल उप आयोजना बेलका-८(४० हे.)
-रु. २६,००,०००
६.पार्क निर्माण बेलका-०२
-रु. १,५००,०००
७.खारखोला नदी नियन्त्रण बेलका-९
-रु. १०,००,०००
८.सोमबारे,सिसौरी,भागलपुर हुँदै पथरी सडक स्तरोन्नति बेलका-२,३ र ८
-रु. १०,००,०००
९.आम्वासी जिरो point बाट यलम्बर टोल हदुै कोलड स्टोर जाने सडक स्तउनु ेनती,बेलका-१, उदयपर
– रु. २५,००,०००
१०.सहिद रमेश कार्की मार्ग बेलका-3, उदयपर
– रु. २५,००,०००
११.ढाक्रे बरबोटे सुकुम्ला सडक निर्माण,बेलका-०६,
-रु. २५,००,०००
१२.बाधडाडा कोषि टप्पु जोड्ने ट्रस्ट पुल निर्माण, बेलका- २,
-रु. २५,००,०००
१३.बेलका न.पा. ८ रानी चौतारी टोल विकास संस्था माझीटोल मदन भण्डारी राजमागर्को एल. के. खोजबाट आयर्घाट जाने सडक
-रु. १५,००,०००
१४.भरचुवा सीरान देखि देउरालि बाक्सीखोप आमचाले हदुै भोजपर जोडने सडक स्तरउन्नती बेलका न.पा. ६ सडक
– रु. १०,००,०००
१५.बेलका नगरपालिका वडा न..२ स्थित सगरमाथा टोल विकास संस्था सामदायीक भवन निर्माण
– रु. १५,००,०००
१६.आलु उत्पादन प्रवर्द्धन कायम
-रु. ५,००,०००
१७.पशुपंक्षिको खोपका लागी लजिष्टिक खरीद तथा प्राविधिक पारीश्रमिक खर्च
– रु. ४,००,०००
१८.मोरङ्गे मुर्ति खोला जल उपभोक्ता समीती
– रु. ९,४०,०००
१९.कुडुले खोला महान सिचाइ योजना, बेलका-६
-रु. ६,७२,०००
२०.धोपा कुलो संचाई योजना, बेलका-8,
-रु. ८,५९,०००
२१.काली खोला मुहान हँदुै ठोक्सीला टोल सिंचाई योजना, उदयपर -३,
-रु. १३,६४,०००
२२.फडीरखोला विष्ट पार्क, वेलका १ उदयपर,
-रु. ५,००,०००
२३.खप्तड पार्क तथा मन्दिर निर्माण, वेलका ९ उदयपर
-रु. ३,००,०००
२४.सार्वजनक निर्माण कार्य (पदमाग निर्माण तथा पुन:निर्माण र थप कायहरु, सूचना बोर्ड, खानेपानी, शौचालय, स्थानीय बास्तकला, आरामस्थल निर्माण आदि)
-रु. ५,५०,०००
२५.प्रवर्द्दनात्मक क्रियाकलापहरू
-रु. ५८,०००
२६.परियोजना व्यवस्थापन
-रु. २०,०००
२७.लैङ्गिक हिंसा निवारणका लागी स्थानीय तहमा संरक्षण कोष संलग्न अनुदान
– रु. २,२०,०००
२८.स्थानीय तहको साझेदारीमा हिंसा पीडीत महिलाका लागि आपतकालन सुरक्षित आवास गहृ संलग्न सहयोग अनदान
-रु. २,००,०००
२९.अपाङ्गता रोकथाम तथा पनु:स्थापना कायम
– रु. २०,८७,०००
३०.आराम खेलमैदान निर्माण, वेलका न.पा ८,उदयपर
-रु. ४,००,०००
३१.कोशी जनता मावि बेलका न.पा.-३ शौचालय निर्माण
-रु. ५,००,०००
३२.बेलका जनता बहमुखी क्याम्पसलाई अनुदान
-रु. ४,००,०००
३३.बेलका न.पा. वडा नंबर ६ पातल स्वास्थ्य चौकी भवन निर्माण
रु. २५,००,०००
३४.बेलका न.पा. ८ नंबर वडा आधारभतू स्वास्थ्य चौकी मर्मत तथा तारघेरा
-रु. १०,००,०००
३५.उचाल्नेढुङ्गा तित्रीबोटे सडक बेलका-६
-रु. ६०,००,०००
३६. सेतीखोला रिङ्गरोड सडक, बेलका-८
-७०,००,०००
३७.लालभित्ती पहिरो नियन्त्रण बेलका-०२
-रु. १०,००,०००
३८.पातल बहुजातीय संग्रहालय भवन निर्माण वेलका -६
-रु. १,५००,०००
यस ३८ वटा योजना तथा कार्यक्रमहरुमध्ये कुनै एउटा कार्यक्रम पनि प्रत्यक्ष उत्पादनमुलक क्षेत्र, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक कृषि पद्धति,विज्ञान तथा प्रविधि,पर्यटन, रोजगारमुलक तथा उद्यमशीलता जस्ता महत्वपर्ण क्षेत्रतिर जोडिएको देखिँदैन। प्रदेशको बजेट तथा कार्यक्रमले गुणस्तरीय शिक्षा,स्वास्थ्य, उद्यमशीलता, कृषि विज्ञान, विज्ञान र प्रविधि र उत्पादनमुलक क्षेत्रलाई उपेक्षा गरी भौतिक संरचनालाई मात्र विकासको रुपमा हेरिनु समग्र बेलका बासीहरुका लागि दुःखदको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *