‘उदयपुर आइडल’ गायन प्रतियोगिता आयोजना हुने

असार ३०, काठमाडौ। उदयपुर कलाकार समाजले यहीँ श्रावण ३० गतेदेखि उदयपुरमै पहिलो पटक ‘उदयपुर आईडल’ नामक गायन प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको छ। जिल्लाका दूर दराजमा रहेका लुकेका गायन प्रतिभाहरुलाई पहिचान गरी उनीहरूका कलालाई प्रवर्द्धन गर्ने मुख्य उद्धेश्यकासाथ आयोजना हुनगइरहेको यस कार्यक्रमको अडिसन राउण्ड रामपुर, बेल्टार, गाईघाट, कटारी गरी प्रमुख ४ ठाउँहरुमा हुने उदयपुर कलाकार समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक अशोक शिवा ज्यूले बताउनुभएभयो। शिवाका अनुसार सहभागीहरुको सङ्ख्या उल्लेख्य भए नेपालटारमा समेत अडिसन राउण्ड हुनेछ।

गायन क्षेत्रमा रुचि राख्ने सम्पूर्ण महानुभावहरुले यस कार्यक्रममा भाग लिन सक्ने छन्। कार्यक्रममा भाग लिन चाहने सहभागीहरूका लागि आवेदन फाराम यहीँ असारको अन्तिम साताभित्र खुल्नेछ। हाल कार्यक्रमका तयारी तथा कार्यक्रम प्रायोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,उदयपुरका सम्पूर्ण स्थानीय सरकारहरु तथा अन्य संघ संस्थाहरूसँग तिव्र रुपमा समन्वय अगाडीबढिरहेको छ। उदयपुर आइडलको सल्लाहकारको रुपमा वरिष्ठ पत्रकार तथा उदयपुर-काठमाडौ समाजका अध्यक्ष मनोहरी थापा, ब्रोडकास्टीङ एशोसियसन अफ नेपालका महासचिव तथा अमूर्त एफ एमका अध्यक्ष नविन बाबु राई जस्ता व्यक्तित्वहरू समेत यस कार्यक्रमको तिव्र तयारीका लागि जुटिरहनु भएको छ।

उदयपुरका कलाकारहरुका छाता सङ्गठन ‘उदयपुर कलाकार समाज’ले उदयपुरका कलाकारिताको क्षेत्रको विकास र प्रवर्द्धनमा भूमिका खेल्दै आईरहेको संस्था हो। दशैँ, तिहार, नयाँ वर्ष तथा अन्य चापर्वहरुको अवसरमा हरेक वर्ष म्यूजिकल कन्सर्ट जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको यस संस्थाले यसपालिदेखि नियमित वार्षिक संस्करणको रूपमा ‘उदयपुर आइडल’ लाई अगाडी बढाउने आयोजकको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *