असार २१, काठमाडौँ। स्थानिय सरकारले चासो नदिएपछी उदयपुरको बेलका नगरपालिका वडा नं ०२ स्थित चन्द्रपुर टोल विकास संस्थाका बासिन्दाहरुले आफै आर्थिक रकम संकलन गरि श्रमदान द्वारा वर्षाबेला हुने हिलो कच्चा सडकको मर्मत गरि उदाहरणिय काम गरेका छन्। एक स्थानिय युवा अगुवाईका अनुसार नगरपालिका र वडा धाउँदा-धाउँदा केही नलागेपछी टोलका सबै स्थानियहरु मिलि रु. २४,५०० रकम संकलन गरि काम फत्ते गरेको हो।
उक्त बाटोमा बर्सेनि मनसुनको सिजनमा बाटो हिलाम्मे भई सामान्य हिडडुल गर्नलाई समेत कठिनाई पर्ने तथा आवतजावतमा निकै समस्या पर्दै आईरहेको थियो।
हामी सबैलाई थाहै छ चन्द्रपुर टोल एक प्रतिनिधि टोल मात्रै हो, प्राय प्रत्येक टोलका नागरिकहरुले हिलाम्मे सडकको समस्या खेप्दै आईरहेका छन्। स्थानिय सरकारले समयमै ध्यान पुर्याई यस प्रकारका समस्याहरुका लागि दिर्घकालिन उपाय नखोजी समस्या जिँउका तिँउ नै हुने देखिन्छ।