रामपुरदेखि रातापानी फर्किदा मानिस वेपत्ता: गिदेरी खोलाले बगाएको आशंका

असार-२२, काठमाडौं। उदयपुरको बेलका नगरपालिका वडा नं: ०३ का इन्द्र बहादुर बुढाथोकी बेलका-०९ रामपुरदेखी बेलका-०३ रातापानी आउने क्रममा शनिवार बेलुकी करिब ४ बजे देखि वेपत्ता छन्।
बेलका-०३ का वडा अध्यक्ष टंक प्रसाद आचार्य ज्यूले जानकारी दिनुभए अनुसार “रामपुर र रातापनीबिच पर्ने गिदेरी खोलामा पशु चौपाय गोठाला गर्ने स्थानियहरुले कोहि मान्छे बगाएको देखेका थिए तर को व्यक्ती हुन् भनेर यकिन गर्न सकेका थिएनन्। त्यसै वखत रामपुर छोरिको पसलदेखी आफ्नो घर जान भनेर हिडेका बुढाथोकी अहिलेसम्म घर नपुगेपछी गिदेरी खोलाले बगाएको हुनसक्ने आशंका गरिएको हो।”

ईलाका प्रहरी कार्यलयका अनुसार मान्छे बगाएको खबर आएपछी घटनास्थलमा पुग्दा करिब ६:३० भईसकेको थियो, तलतिर कासघारीसम्म अनुगमन भयो तर केही फेला परेन र रात पर्न थालेपछी अनुगमन हुन सकेको छैन।
लगातारको वर्षाले गर्दा गिदेरी खोलामा बाढिको उच्च वहाव वढी नै रहेको को छ। गिदेरी खोलामा पुल बनाउनका लागि तत्कालिन नेतृत्वमा रहेका विभिन्न व्यक्तिहरुले शिलान्यास गर्न होडाबाजी गरेको समेत करिव दशक हुन लागिसकेको छ। तर पुल बनेको छैन अलपत्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *