उदयपुरको गिदेरी खोलाको बाढिले बगाएको व्यक्ती अझै भेटिएन; खोजिकार्य जारी

उदयपुरको गिदेरी खोलाको बाढिले बगाएको व्यक्ती अझै भेटिन; खोजिकार्य जारी

असार २३, काठमाडौं। उदयपुरको बेलका नगरपालिका वडा-०३ स्थित असार-२२ गते शनिवार गिदेरी खोलामा आएको बाढिले वेपत्ता पारेको व्यक्ती अझै सम्म भेटिएको छैन। ईलाका प्रहरी कार्यलय रामपुरका अनुसार हिजो साँझ ६:०० बजेदेखी प्रहरीको टोलिले खोजिकार्य सुरु भएको थियो र रातिभएपछी स्थगित गरि आज बिहानदेखी निरन्तर रुपमा खोजी कार्य भईरहेको छ।
बेलका-०९ रामपुर र बेलका-०३ रातापनीबिच पर्ने गिदेरी खोलामा पशु चौपाय गोठाला गर्ने स्थानियहरुले शनिवार करिब बेलुकी ५ बजे तिर कोहि मान्छे बगाएको देखेका थिए तर को व्यक्ती हुन् भनेर यकिन गर्न सकेका थिएनन्। सोही सोही समयरेखा अन्तर्गत नै यता रामपुर छोरिको पसलदेखी आफ्नो घर रातपानी जान भनेर हिडेका इन्द्रबहादुर बुढाथोकी अहिलेसम्म घर फर्केका छैनन्। त्यसैले गिदेरी खोलाले बगाएको उक्त व्यक्ती बुढाथोकी नै हुनसक्ने अनुमान गरिएको छ।”

उक्त गिदेरी खोलामा पुल बनाउन सुरुवात गरेको एक दशक पुग्न लाग्दा समेत पुल अझै अलपत्र अवस्थामा रहेको छ। स्थानिय बेलकावासीहरुले पुल नबन्दाको यो परिणाम हो भनी टिकाटिप्पणी गर्दै आईफहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *