असार-२४, काठमाडौं। उदयपुरको बेलका नगरपालिकास्थित गिदेरी खोलाको बाढिले असार २२ गते शनिबार बगाएको व्यक्तिको लास आज सोमबार बेलका-०२, भागलपुरमा भेटिएको छ। आज बिहान करिब साढे ७ बजेतिर स्थानियहरुले लासलाई खोलामा देखेपछी ईलाका प्रहरी कार्यलयलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यलय रामपुरका अनुसार लासलाई ‘’लास बेलका-०३ का इन्द्र बहादुर बोढाथोकी कै रहेको उनका परिवारले सनाखत गरी पोस्टमार्टमको लागि धरानस्थित घोपा क्याम्पमा लगिएको छ।
उक्त गिदेरी खोलामा पुल बनाउन सुरुवात गरेको एक दशक पुग्न लाग्दा समेत पुल अझै अलपत्र अवस्थामा रहेको छ। स्थानिय बेलकावासीहरुले पुल नबन्दाको यो परिणाम हो भनी टिकाटिप्पणी गर्दै आईरहेका छन्।