उदयपुरको बेलका नगरपालिकाले स्थानिय पाठ्यक्रम ल्याउदैँ; कुन-कुन विषयवस्तु समावेश भए, र कुन-कुन विषयवस्तुहरु छुटे ?

असार २४, काठमाडौं। उदयपुरको बेलका नगरपालिकाले सम्पुर्ण विद्यालयहरुमा लागू हुने गरि स्थानिय पाठ्यक्रम यहीँ शैक्षिक सत्र २०८१ सालको साउनदेखि ल्याउने भएको छ। बेलका नगरपालिकाका शिक्षा शाखा प्रमुख सुनिल निरौला ज्यूका अनुसार अहिले स्थानिय पाठ्यक्रम तयारीको अन्तिम चरण पुगि बेन्डिङ हुने क्रममा रहेको छ।

स्थानिय सरकार संचालन ऐन २०७४ मा उल्लेख गरिए अनुसार स्थानिय तहका लागि स्थानियताबारे महत्व र सम्बन्ध राख्ने पृथक तथा मौलिक विषयवस्तु तयारी गरि स्थानिय पाठ्यम बनाउन सकिने व्यवस्था रहेको छ। “अहिले बेलका नगरपालिकामा बनिरहेको पाठ्यक्रम कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि हो’’- बेलका नहरपालिका शिक्षा शाखाका कर्मचारी देवचन्द्र तामाङ्ग ज्यूले जनाउनु भयो।

यस बेलकाको स्थानिय पाठ्यक्रममा निम्न ९ वटा विषयवस्तुहरु समावेश गरीएको छ:
१.हाम्रो नगरपालिका र स्थानिय सरकार
२.हाम्रो समाज, धर्म र संस्कृती
३.ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र
४.आर्थिक क्रियाकलाप
५.शिक्षा स्वास्थ्य तथा खेलकुद
६. स्थानिय प्रविधी र शिपहरु
७.प्राकृतिक सम्पदा र वातावरण संरक्षण
८.विपद व्यवस्थापन
९.मातृभाषा

यस स्थानिय पाठ्यक्रमले बालबालिका विद्यार्थीहरुलाई आफ्नै स्थानिय ठाउँका विषयहरुलाई थप सिक्न र बुझ्न मद्दत मिल्ने आशा राखिएको छ। यद्यपि यस नगरपालिका भित्र उपलब्ध हुने स्थानिय स्रोत साधनहरुका महत्व र सम्भावनाबारे विज्ञान प्रविधी र उद्यमशिलतामार्फत उजागर र प्रस्फुटन गराउने कुनैपनी विषयवस्तुहरु देखिएको छैन। कक्षा ५ देखि माथिका कक्षाहरुका लागि पाठ्यक्रम निर्माण भईनसकेका हुनाले अब उक्त पाठ्यक्रम निर्माण गर्दा स्थानिय स्तरमा विज्ञान-प्रविधि,र उद्यमशिलतासम्बन्धी महत्व र सम्भावनाका विषयहरु प्रवेश हुँदा पाठ्यक्रमको प्रभावकारीता अझ बढ्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *