असार २५, काठमाडौं। उदयपुर आईडलको अडिसन यहीँ श्रावण ३० गते रामपुरदेखि सुरु हुने भएको छ। गायन प्रतिभालाई प्रस्फुटन, प्रवर्द्धन र विकास गर्ने उद्धेश्यकासाथ उदयपुर कलाकार समाजले आयोजना गर्न गईरहेको यस उदयपौर आईडल उदयपुरको रामपुर, बेल्टार, गाईघाट, नेपालटार, कटारी र गाईघाटमा हुने कार्यक्रम संयोजक पप गायक अशोक शिवा ज्युले बताउनु भयो।
उदयपुर जिल्ला भरीका प्रतिभाहरुलाई समेट्न भाद्र १ गते बेल्टार, भाद्र ३ गते नेपालटार, भाद्र ४ गते कटारी र भाद्र ७ गते गाईघाट स्थित बिहानको ११ बजेदेखी दिउँसोको ३ बजेसम्म अडिसन हुनेछ। ईच्छुक महानुभावहरुका लागि यहीँ असार अन्तिम साताभित्र आवेदन फारम खुल्ने छ। सम्पर्कका लागि 9852835557 यस मोबाईल नं मा सम्पर्क गरि सम्पुर्ण जानकारी लिन सक्नेहुनेछ।