असार-२५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण पदहरूबाट निष्काशित मुकुल ढकालले रवि लामिछाने क्लबबाट आफू निष्कासित भएको मन्तव्य दिएका छन्।
पार्टीबाट आफूलाई महामन्त्री र प्रवक्ता पदबाट हटाएपछि ढकालले यस्तो टिप्पणी गरेका छन्।
मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई कारबाही गरेपछि ढकालले सामाजिक सञ्जालमा लेखेका छन् – ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…’