बेलकाले पारित गर्यो ७७ करोड १३ लाख ३५ हजार ५ सय १ रुपैयाँको बजेट

असार-२५, काठमाडौं। उदयपुरको बेलका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि १४ औं नगर अधिवेशनमार्फत ७७ करोड १३ लाख ३५ हजार ५ सय १ रुपैयाँको बजेट पारित गरेको छ। सृजनात्मक कार्यहरु तथा विज्ञान र प्रविधिका विषयहरु समेतलाई यस आर्थिक वर्षको बजेटले समेटेको नगर प्रमुख अशोक कार्की ज्यूले बताउनुभयो।

गत असार-१४ गते भएको १४ औं नगर अधिवेशनमा नगर उप प्रमुख जिरा राईले उक्त बजेट वक्तब्य प्रस्तुत गर्नु भएको थियो र नगर सभा सदस्यहरुलाई आम छलफल गरि पारित गर्न असार-२५ गते तोकिएको थियो। जसअनुरुप मङ्गलबार आर्थिक वर्ष ८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सर्वसहमतले पारित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *