असार २५, काठमाडौं। उदयपुरको बेलका नगरपालिकास्थित लगातारको मनसुनी वर्षाका कारण वडा नं ६ को घारे पुल्चोक टोलमा मङ्गलबार बिहान करिब ९ बजे पहिरोले खड्ग पहरी र श्याम बहादुर माझीको घर बगाएको छ। पहिरोमा खड्ग पहरीको ३५ वर्षिय श्रीमती बिनु पहरीको हात र खुट्टा भाचिँएको छ र उनका १४ वर्षिय छोरीको कम्मरदेखी मुनिको भाग नचल्ने अवस्थामा पुगि गम्भिर चोट लागेको छ। उक्त टोलमा पुग्ने बाटो वर्षाका कारण बाटो अवरुद्द भएका कारण भोजपुरबाट स्वास्थ्यकर्मी झिकाई घटनास्थलमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि विरामिलाई अस्पताल पुर्याउने क्रममा रहेको जानकारी वडा अध्यक्ष वसन्त मगर ज्यूले बताउनुभयो।
त्यसैगरी लगातार वर्षाका कारण आएको बाढिले बेलका नगरपालिका नेपाल रेडक्रस सोसाईटी तपेश्वरी उप-शाखा तथा २ नं वडा कार्यलय बेलका नगरपालिकाले हालसम्म संकलन गरेको तथ्याङ्क अनुसार बेलका नगरपालिका वडा नं १ र २ अन्तर्गत १३२३ घधुरी डुवानमा परेको छ भने १३० घर बाढिको उच्च जोखिममा परेका छन्। वडा न १ स्थित भौडा टोलको ३ वटा घर बाढिले क्षतिग्रस्त बनाएको छ। उच्च जोखिममध्ये बेलका-०२ स्थित गिदेरी टोलको ८२ घर र धाराखोल टोलको ४८ घर रहेका छ्न्।
बेलका नगरपालिका वडा नं ७ र ८ अन्तर्गत बाटोघाटो पहिरोले अवरुद्द भएको छ। बेलका ८ अन्तर्गत सेतिखोलाला आएको बाढिले धार परिवर्तन गर्न सक्ने जोखिम रहेको छ। उक्त जोखिमलाई न्युनिकरण भोलि वुधवार नगरपालिक्को जेसिबी परिचालन गरीने जानकारी बेलका-०८ का वडा अध्यक्ष जय किराँतीले बताउनुभएको छ।
बेलकामा विपदले एकाएक च्याप्न थालेपछी नगरपालिका स्थरिय विपद व्यवस्थापन समितिको बैठक दिउँसो बैठक गरि प्रभाकारी ढङ्गमा विपद व्यवस्थापन गर्ने समबन्धि छलफल अघि बढेको छ।