उदयपुरको बेलकामा नि:शुल्क यु-१४ महिला आवासिय फुटबल एकेडेमी संचालन गर्ने तिव्र तयारी

गत असार २५ गते भएको १४ औं नगर अशिवेशनबाट बेलका नगरपालिकाको आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रम र बजेट अन्तर्गत नगर युवा तथा खेलकुद विकास समितीलाई १५ लाख बजेट विनियोजन भएको छ। तर नगर युवा तथा खेलकुद विकास समिती भने ४० लाख बराबर लगानिको यु-१४ महिला आवासिय फुटबल एकेडेमी सञ्चालन गरी उदाहरणिय कार्यप्रस्तुतिको तिव्र तयारीमा जुटेको छ। राष्ट्रिय फुटबल टिमको महिला फुटबल खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यका साथ एकेडेमी संचालनमा ल्याउन लागेको बेलका नगर युवा तथा खेलकुद विकासका अध्यक्ष गोपिलाल राई ज्यूले बताउनु भयो।

एकेडेमी संचालनका लागि बेलका नगर सरकारले सकारात्मक र महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ। यस एकेडेमीमा नगरपालिकाभित्रका १०/१२ जना र बाहिर उदयपुर जिल्लाभित्रका ५/७ जना १४ वर्ष मुनिका जम्मा १७ जना महिला खेलाडीहरुलाई छनौट गरि आवासिय एकेडेमीमा राखिनेछ। ईच्छुक खेलाडीहरुलाई लागी आवेदन खुलाउने तिव्र तयारी समेत भईरहेको छ।

गत हप्ता एन्फाका महासचिव किरण राई, नगर प्रमुख अशोक कार्की, नमुना मावीका प्रधानाध्यापक सम्मर राई, नमुना मावी वि.व्य.स. का अध्यक्ष मनोज तामाङ्ग लगायत नगर युवा तथा खेलकुद विकास समितीबिच भएको बैठकमा एकेडेमी संचालनबारे छलफल अगाडी बढेको थियो। उक्त छलफल अनुसार खेलकुद विकास समितिको समन्वयमा अखिल नेपाल फुटबल संघ(एन्फा), बेलका नगरपालिका र नमुना जनता मावी गुरुङ्चौरीबिच त्रिपक्षिय सम्झौता गरी अगाडि बढ्ने छलफल भएको खेलकुद विकास समितिका सचिव दिपेन राना ज्यूले बताउनुभयो।

एकेडेमी संचालनका लागि एन्फाले प्रशिक्षक र प्रशिक्षण सामाग्री उपलब्ध गराउने मौखिक सम्झौता भएको छ भने नमुना जनता मावी गुरुङचौरीले महिला आवास गृह, वार्डेन, ट्युसन, पढाइ,बिजुली बत्ती र पानी नि:शुल्क व्यवस्थापन गर्नेछ। त्यसैगरी खेलाडीहरुलाई पौष्टिक तत्वसहित आहार व्यवस्थापन बेलका नगरपालिकाले गर्नेछ। एकेडेमी संचालन समब्न्धी कार्यविधी बनिसकेको छ भने अब नगरपालिकाबाट प्रमाणिकरण हुन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *