नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले यात्रुवाहक बस बगायो अर्को एक बसमा ढुङ्गाले लाग्दा चालकको मृत्यु

असार-२८, काठमाडौं। चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक रात्री बस बगेको छ। काठमाडौं देखि गौर जाँदै गरेको गणपती डिलक्स र बिरगन्जदेखी काठमाडौं आउदै गरेको बा.१५१६ नं को एन्जल डिलक्सलाई पहिरोले बगाएको चितवन जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपि भेषराज रिजालले बताउनुभयो। त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बुटवल देखि काठमाडौं आउदै गरेको लु२ ख ६५६६ नं को गुडिरहेको अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रवक्ता रिजालले जनाउनु भयो।

सिमलतालको पहिरोमा गणपती डिलक्सलाई पहिरोले बगाउँदा बसमा रहेका तीनजना यात्रु पौडेर बाहिर निस्केको र उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए भने अर्को बस पनि पुरिएको भन्ने कुरा आए पनि केही कुरा खुल्न सकेको छैन। डिएसपि रिजालका अनुसार प्रहरी टोलि घटनास्थलमा खटिएपनी उक्त ठाउँमा रेडियो र मोबाइल दुवैले काम नगरेको हुनाले पछिल्लो अपडेटका लागि टोलिसँग सम्पर्क हुननसकेको डिएसपि रिजालले बताउनुभयो।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा गुडिरहेकी बसमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लाग्दा गम्भीर घाईते भएका बसका चालकको ३:५० मिनेटमा चित्तवन मेडिकल कलेजले मृत घोषणा गरेको डिएसपो रिजाललेजानकारी दिनुभयो। मृतक चालक नवलपरासीका वर्ष ३६ को मेघनाथ विक थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *