असार २८, काठमाडौं। गयरातिको अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढिले उदयपुरको बेलका नगरपालिका-०२ धाराखोला अन्तर्गत सडकलाई खहरेले बगाउदा सवारी साधनहरु आवत-जावतमा समस्या भएको छ भने बेलका-०२ मा ५ घर क्षतिग्रस्त भएको छ। त्यसैगरी बेलका नगरपालिकाको १ नं वडा, ७ नं वडामा समेत खहरेले क्षती पुर्याएको जानकारी प्राप्त भएको छ। समष्टिगत क्षती विवरण आउन बाँकी नै रहेको छ।
धाराखोलामा उक्त खहरे खोलाले वाधँ फुटाएर स्थानियहरुका घरहरुमा क्षती पुर्याएको हो भने बाटो कटान गरि बगाएको हुँदा सार्वजनिक सवारीका साधनहरु गुड्न अवरुद्द भएको हो। खहरे खोलाले स्थानिय कृषकहरुका उर्वराभुमिलाई समेत बालुवामा परिणत गरेको छ।
खहरे खोलाको उचित निकास र नियन्त्रण हुन नसक्दा स्थानियहरुले बर्सेनि क्षती बेहोर्दै आईरहेका छन्। सम्बन्धित सरोकारवाला निकायहरुले खहरे निकास सम्बन्धी समयमै उचित ध्यानकर्षण नहुँदा स्थानियहरु बर्सेनि त्राहि त्राही भएर विपदको सामना गर्न बाध्य छन्।