यस्तै नै होला- फोस्फिन्स

फोस्फिन्स ब्याण्डको ‘येस्तै नै होला’ गीतको शीर्षक नै अजीव लाग्न सक्छ तर गीतमा बग्दै जाँदा शब्द र संगीतको संयोजनले तपाईँलाई लठ्ठ बनाइदिन्छ। इन्डि पप विधाको उक्त सङ्गीतमा वर्तमान समाजका युवा परिस्थिति र अवस्थालाई चित्रण गरिएको छ।

‘येस्तै नै होला’ विशेषत युवा वर्गमाझ निकै नै रुचाईएको गित हो। निभाल बज्राचार्यको निर्देशनमा जनवरी १५, २०२२ मा सार्वजनिक उक्त म्युजिक भिडियोमा 41 लाख भ्युज पुगिसकेको छ।

येस्तै नै होला लिङ्क:- https://youtu.be/P6b47sLNkJM?si=NocMIyQ1KGzfPNHH

फोस्फिन्स ब्याण्ड नेपालको इन्डि पप जनरामा नयाँ आयाम थपिरहेको एक उदीयमान म्युजिक ब्याण्ड हो।अभिषेक पोखरेल, अमन कर्ण र प्रज्वल अर्याल मिलि सन् १०१६ मा ब्याण्ड फर्म गरेका उनिहरुको सन् २०१९ मा पहिलो एल्बम Sullen Days प्रस्तुत गरेका थिए। त्यसपश्चात सन् २०१८ मा दोस्रो एल्बम ‘Know this time’ र सन् २०२३ मा ‘Simit yaad’ जम्मा ३ वटा एल्बमहरु निकालि रक संगित श्रोता माझ निकै चर्चा बटुलिसकेका छन्। फोस्फिन्सको ‘Know this time’, ‘I will be gone’, ‘Sullen Days’, ‘Eklai huda ta jhan’ जस्ता गीतहरु निकै लोकप्रीय रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *