यो Saturday’s Cinema काे पहिलाे अङ्क हो। र, यही पहिलाे अङ्कबाट प्रत्येक बिदावार अर्थात् शनिवार हामी तपाईंहरूलाई राम्रा राम्रा फिल्महरूसँग परिचित गराउँछौ।
र, पहिलो अङ्कको पहिलाे फिल्म हो – Gangs of Wasseypur (Part I & Part II)
अनुराग कश्यपद्वारा निर्देशित फिल्म Gangs of Wasseypur Part I र Part II दर्शक तथा चलचित्र समीक्षक दुवैको दृष्टिमा स्थापित प्रसिद्ध सिनेमा हो। कोइला माफिया पृष्ठभूमिमा विविध परिवार बीचको कालान्तरसम्मको आपराधिक प्रतिद्वन्द्विताकाे कथामा सिनेमा बनेको छ। शक्ति प्राप्तिका उहापोह, बदलाभावना लगायतका मानव क्रियाकलाप प्रदर्शन गर्नको लागि गहन नाटक, हिंसा तथा ब्ल्याक ह्युमर प्रयुक्त छ ।
नवाजुद्दिन सिद्दिकी, मनोज बाजपेयी लगायत अन्य गहन अभिनेताहरूले आफ्नो चरित्रलाई न्याय प्रदान गरेका छन् । ग्राम्य भारतको प्रमाणिक चित्र खिच्न सफल फिल्म लम्बाइको बाबजुद मन जित्ने जीवन्त कथाले तपाइलाई फिल्म छोडेर जाने दिने छैन ।
IMDb रेटिङ्ग : 8.2/10