असार ३०, काठमाडौं। उदयपुरको बेलका नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ का लागि वार्षिक बजेट, नीति तथा कार्यक्रमहरु गत हप्ता सार्वजनिक गरीसकेको छ। यस वार्थिक वर्षको कार्यक्रमहरु बेलका नगरपालिकाको लागि केही नयाँ र फरक किसिमका समेत रहेका छन्।
के के छन् त फरक र नयाँ कार्यक्रमहरु:
१. सदा मरिक लगायतका समुदायका वस्तिहरुमा कोचिङ कक्षा संचालन गर्ने- रु. १,७०,०००/-
सदा मरिकजस्ता अति पिछडिएका समुदायहरुका वस्तिमा कोचिङ कक्षा संचालन गर्ने कार्यक्रम नयाँ र निकै उदाहरणिय मान्न सकिन्छ। उक्त समुदायलाई शसक्तिकृत गर्न उक्त समुदायकै बालबालिका विद्यार्थिहरुका शैक्षिक अवस्थिती सुधार गर्नतिर लाग्नु पक्कै पनि प्रगतिशिल कार्य हुनेछ।
२. सबै मावि मा कोचिङ कक्षा-१० संचालन -रु.६,००,०००/-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खच्कियो, जनप्रतिनिधिहरुका ध्यानाकर्षण भएन भन्ने गुनासाहरुबिच बेलका नगरपालिकाले कक्षा-१० को लागि कोचिङ कक्षा संचालनको कार्यक्रमलाई भित्र्याईनु जनगुनासो र तत्कालिन आवश्यकतालाई सम्बोधन गरेको भन्ने बुझिन्छ। र यस सम्बोधनले केही हदसम्म सामुदायिक शिक्षामा सुधार ल्याउन सकिने आशा राख्न सकिन्छ ।
३.पालिकास्तरिय विज्ञान प्रदर्शनी- रु.१,५०,०००
बेलका नगरपालिकामा नै पहिलोपटक विज्ञान विषयसँग सम्बन्धित कार्यक्रम ‘पालिका स्तरिय विज्ञान प्रदर्शनी’ हुने भएको छ।
४. महिला फुटबल प्रशिक्षण कार्यक्रम २५ वर्ष मुनिका-रु.६,००,०००/-
महिलाहरुलाई फुटबलको क्षेत्रमा अघि बढाउनका लागि वातावरण निर्माणका लागी गरिने यस कार्यक्रम खेलकुद नगरपालिकाको खुलकुद क्षेत्रमा नयाँ र फरक कार्यक्रम हो।
५. बेलका कृकेट रंगशाला घेराबेरा तथा बोर्ड- रु.१,००,०००/-
खेलकुद जगतमा नेपालले सम्भावना बोकेको खेल कृकेट नै सावित हुँदै गर्दा बेलका नगरपालिकाले समेत उक्त कुरालाई मध्यनजर गर्दै बेलका कृकेट रङ्गशाला सम्बन्धी कार्य सुरुवात गरिनु नगरपालिकाको लागि नयाँ रहनेछ।
६. प्याराग्लाईडिङ खरिद बेलका-०८- रु.५!००,०००
पुर्व मेयर स्वस्ती थापाकै कार्यकाल अन्तर्गत बेलका ८ को बोप्ताङ्गबाट टेस्ट प्याराग्लाईडिङ फ्लाईटहरु सफल भईसकेपछि अहिलेसम्म पनि व्यवसायिक रुपमा प्याराग्लाईडिङ उडानहरु अहिलेसम्म हुनसकेको थिएन तर वार्षिक कार्यक्रममा उल्लेख गरिएअनुसार प्याराग्लाइडिङ खरिद्को प्रक्रिया अघि बढ्दा व्यवसायिक उडानको प्रक्रियासमेत अघि बढ्ने अनुमान लगाउन सकिन्छ।
नगरपालिकाको पूरा आर्थिक वर्ष २०८१/८२ को पूरा बजेट तघा कार्यक्रम यहाँबाट हेर्न सक्नुहुनेछ: ,_2_0