काठमाडौं। सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलको अतिरिक्त समयमा मार्टीनेजको गोलसँगै अर्जेन्टिनाले १६ औं पटक उपाधी हात पार्न सफल भएको छ।
अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो ।
च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टोली बनेको हो । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ ।