उदयपुरमा नि:शुल्क यु-१४ महिला आवासीय फुटबल एकेडेमीमा भर्ना हुनका लागि छनौट यहीँ साउन ५ मा हुने

बेलका नगर युवा तथा खेलकुद विकास समितिले आयोजना गर्न गईरहेको यु-१४ महिला आवासीय फुटबल एकेडेमीमा भर्ना हुनका लागि यहीँ साउन ५ गते बेलाका-०५, जहडा खेलमैदानमा छनौट प्रतियोगिता हुने भएको छ।

उदयपुर जिल्ला भरिका १४ वर्ष मुनिका १७ जना महिला खेलाडीहरुका लागि हुने छनौट प्रतियोगितामा सहभागिता जनाउनका लागि २०६९ पुस १५ गते अघि र २०६६ पुस १५ गतेपछि जन्म भएको हुनुपर्नेछ। छनौट कार्यक्रमको औपचारिक उद्घाटन साउन ५ गते बिहान ९ बजे हुनेछ भने छनौट खेल १२:१५ देखि ४:०० बजेसम्म हुने भने खेलाडीहरुले सही दिन बिहान ११ बजे देखि १२:१५ भित्र नाम दर्ता फाराम र रु.२०० सहितको दस्तुर बुझाउनुपर्ने हुन्छ।

बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने यस एकेडेमीमा बेलका नगरपालिकाको कार्यालय रामपुर सञ्चालक तथा संरक्षक को भूमिका अन्तर्गत रहेको छ। फुटबल खेलाडीहरुलाई गुणस्तरीय शिक्षाका लागि होस्टल र विद्यालय शुल्क लाग्ने छैन यसका लागि नमुना जनता मावि गुरुङचौरीले व्यवस्थापक तथा सह सञ्चालकको भूमिका रहेको छ भने एकेडेमी सञ्चालनमा मुख्य प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (ANFA) को रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *