नेपालले किरिबाटीसँग कुटनितिक सम्बन्ध स्थापना

, काठमाडौं । नेपाल र किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ ।नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरेका हुन्।

दुवै देशका पक्षबाट संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *