युवा संगीत अंक: ०३
सर्कल अफ फिफ्थ्स नेपाल ( Circle of Fifths Nepal) को ‘मुस्कान’ नामक रक गीतले जो कोहि रक संगीत श्रोताहरु (Rock Music Listener) लाई मज्जाले आकर्षित गराउन सक्छ। यदि तपाईं मायामा पर्दै हुनुहुन्छ भने त झन् ब्याण्डको युनिक रक भोकल, साधारण शब्द र संगीतको संयोजनले तपाईलाई आफ्नै गीत महसुस तुल्याउन सक्छ।
सन् २०२३ को जनवरी १ मा युट्युबमा रिलिज भएको यस गीतमा जम्मा ४००० भ्युज रहेको छ। यसकारण यो गीत निकै नै अन्डररेटेड रहेको स्पष्ट हुन्छ। यस गित टिनेजर्स तथा एडल्ट युवा पुस्तासम्म नपुगेका कारण जति चर्चा परिचर्चा कमाउनुपर्ने हो त्यो कमाउन नसकेको समेत अनुमान लगाउन सकिन्छ।
सन् २०२० कोभिडको महामारीमा बिराटनगरमा ५ जना युवाहरुका एक सांगीतिक समूह बन्न पुग्यो। त्यो सांगितिक समूह अल्टरनेटिभ रक तथा प्रोग्रेसिभ रक विधाका गित-संगीतहरु गाउने पुर्वी नेपालकै उदियमान म्युजिक ब्यान्डका रुपमा ‘फिफ्थ्स अफ सर्कल नेपाल’ (Circle of Fifths Nepal) स्थापना भयो। ब्याण्ड ‘ स्थापनाको २ वर्ष पश्चात् सन् २०२२ मा ‘अराईभल्स’ (Arrivals) नामक एल्बम सार्वजनिक गरिसकेको छ। ब्याण्डको गिटारमा कभिश भट्टराई र राउल भट्टराई, भोकलमा रिदम रक रेग्मी र बासमा केडि इन्द्रजीत छन् भने ड्रममा प्रयुश कोईराला रहेका छन्। ‘We are coming’, ‘Abasad’, ‘Gumnam’, ‘Oneself’ जस्ता गीतहरु निकै उत्कृष्ट रहेका छन्।
गीत सुन्न यहाँ जानसक्नुहुनेछ: https://youtu.be/6pR-yDhsVdA?si=MEGq4mfGKnLYvB0z