उदयपुरमा यु-१४ महिला आवासिय फुटबल एकेडेमिको लागि आज खेलाडी छनौट हुँदै

यु-१४ महिला आवासिय फुटबल एकेडेमिको लागि आज खेलाडी छनौट हुँदै:


बेलका नगर युवा तथा खेलकुद विकास समितिले आयोजना गर्न गईरहेको नि:शुल्क यु-१४ महिला आवासीय फुटबल एकेडेमीमा  भर्ना हुनका लाग आज शनिबार बेलका-०५, जहडा खेलमैदानमा  छनौट प्रतियोगिता सहभागिता भएका छन्। 

बिहान ११:३० देखि अपरान्ह १२:३० बजेसम्म खेलाडीहरु उपस्थित भई आवेदन फारम पेश गर्ने समय रहेको छ। प्रतियोगिताका छनौटकर्ताहरु सार्वजनिक नहुने जिल्ला फुटबल संघ उदयपुरका प्रशिक्षक तथा नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रिय सचिव दिपक थापाले बताउनु भयो।

उदयपुर जिल्ला भरिका १४ वर्ष मुनिका १७ जना महिला खेलाडीहरुका लागि हुने छनौट प्रतियोगितामा सहभागिता जनाउनका लागि २०६९ पुस १५ गते अघि र २०६६ पुस १५ गतेपछि जन्म भएको हुनुपर्नेछ। 

बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने यस एकेडेमीमा बेलका नगरपालिकाको कार्यालय रामपुर सञ्चालक तथा संरक्षक को भूमिका अन्तर्गत रहेको छ। फुटबल खेलाडीहरुलाई गुणस्तरीय शिक्षाका लागि होस्टल र विद्यालय शुल्क लाग्ने छैन यसका लागि नमुना जनता मावि गुरुङचौरीले व्यवस्थापक तथा सह सञ्चालकको भूमिका रहेको छ भने एकेडेमी सञ्चालनमा मुख्य प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (ANFA) को रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *