नि:शुल्क महिला आवासिय फुटबल एकेडेमीमा ४ जना खेलाडीहरु छनौट भए: दोस्रो चरणको छ्नौट फेरि हुने

नि:शुल्क महिला आवासिय फुटबल एकेडेमीमा ४ जना खेलाडीहरु छनौट भए: दोस्रो चरणको छ्नौट फेरि हुन

उदयपुरका यु-१४ महिकाहरुका लागि नि:शुल्क महिला आवासीय फुटबल एकेडेमीमा भर्नाका लागि शनिवार भएको छनौट कार्यक्रममा ४ जना खेलाडीहरु छनौट हुन सफल भएका छन् भने २ जना खेलाडीहरु वैकल्पिकमा परेका छन्। बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा उदयपुरको बेलका नगरपालिका-०५ जहडा खेलमैदानमा भएको छनौट प्रतियोगितामा  जम्मा १७ जना खेलाडीहरु उपस्थित भएका थिए   

बेलका नगर युवा तथा खेलकुद विकास समिती  सचिव दिपेन रानाले एकेडेमिमा जम्मा १७ जना खेलाडीहरुका लागि कोटा रहेकाले पुन: छ्नौट कार्यक्रम तय गर्ने र उक्त छ्नौट कार्यक्रममा शनिवार भएको छनौटमा नपरेका खेलाडीहरु समेत सहभागी हुन पाउने जानकारी गराउनु भयो। खेलाडीहरुका सहभागीता संतोषजनक  नभएपछी अर्को चरणको छ्नौट कार्यक्रम यहिँ श्रावण १४ गते  गर्ने गरि समितिमा आन्तरिक छलफल भईरहेको समिति अध्यक्ष गोपिलाल राईले बताउनु भयो।

 

शनिवारको छनौट प्रतियोगितामा छ्नौटकर्ता रुपमा नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रिय सचिव दिपक थापा, नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रिय सदस्य किरण कुमार कार्की, महिला फुटबल प्रशिक्षक असिम कुमार राई, फुटबल प्रशिक्षक तथा रेफ्री  तिलक कालिकोटे, फुटबल प्रशिक्षक भुवन कार्की र फुटबल प्रशिक्षक दिवस मगर थिए।

उदयपुर भरिका सम्पुर्णका लागि एकेडेमिमा भर्ना हुन छनौट कार्यक्र्म भएतापनि चौदण्डिगढी नगरपालिकाबाट १ जना खेलाडी र बेलका नगरपालिका वडा नं: ५, ८ र ९ का गरि १६ जना मात्र खेलाडीहरु उपस्थित थिए। कटारी नगरपालिकाबाट खेलाडीहरु उपस्थित हुने कुरा रहे पनि आज विभिन्न कारणले उपस्थित हुन नसकेको समेत स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *