त्रिशूली नदीमा खसेको बस र बेपत्ता यात्रुको खोजीकार्य नेपाल र भारतको उद्धार टोलीद्वारा सुरू

त्रिशूली नदीमा खसेको बस र बेपत्ता यात्रुको खोजीकार्य नेपाल र भारतको उद्धार टोलीद्वारा सुरू।

 

साउन ६, झापा । शनिबार सिमलताल पुगेका भारतबाट आएका उद्धारकर्मीहरू आज आइतबार बिहान सशस्त्र प्रहरीको उद्धार टोलीसँगै संयुक्त रूपमा खोजीमा जुटिसकेका छ्न।
आज बस खसेको स्थानदेखि पाँच किलोमिटरको आसपाससम्म खोजीकार्य हुनेछ।

आवश्यक उपकरणसहित उद्धारकर्मीको टोली त्रिशूलीमा झरिसकेका छन्। आज तीनवटा सोनार क्यामेरासहितका उपकरण प्रयोग गरी बेपत्ता भएको बस खोजिँदैछ।
शनिबार राति भारतबाट १२ जनाको उद्धार टोली नेपाल आएको थियो। त्यो टोलीमा ४ जना गोताखोर छन्। उनीहरूले उद्धारमा प्रयोग हुने उपकरणहरू पनि ल्याएका छन्।
‘उनीहरूले ल्याएको उपकरण र सशस्त्र प्रहरी बलसँग भएको उपकरण प्रयोग गरी संयुक्त रूपमा खोजीकार्य सुरु गरि सकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *