- नेपालमा पहिचानको आन्दोलनको चुनौतीसम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम
समाजवादी विद्यार्थी आन्दोलनले नेपाल ल क्याम्पस काठमाडौं स्थित श्रावण ११ गते शुक्रवार ‘आत्म सम्मानका लागि प्रयारत: नेपालमा पहिचान आन्दोलनको चुनौती’ अन्तरक्रियात्मक कार्यक्रम हुँदैछ।
कार्यक्रम संयोजक संगम राईका अनुसार पहिचानको आन्दोलनले निर्णायक भुमिका निर्वाह गर्न उजागर हुनुपर्ने तत्वहरुबारे विद्यार्थीहरुमाझ छलफल तथा अन्तरक्रिया गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना भएको हो।
प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा दिउँसोको ३ बजे हुने कार्यक्रममा वक्ताका रुपमा लेखक कैलाश राई, कवि मुक्तान थेवा, काठमाडौं विश्वविद्यालयका फ्याकल्टी आर. के तामाङ्ग र अधिवक्ता विकास ठाकुर रहनु भएका छन् भने अप्सरा केसिले कार्यक्रममा सहजकर्ताका भुमिका निर्वाह गर्दैहुनुहुन्छ।