साउन ३०, काठमाडौँ। बेलका नगरपालिका रामपुरमा वुधवार उदयपुर आइडलको प्रथम अडिसन चरण सम्पन्न भएको छ। उदयपुर कलाकार समाजले आयोजना गरेको यस कार्यक्रममा बेलका नगरपालिकाभरिका गीत संगीतमा रुचि राख्नुहुने २३ जना युवाहरु सहभागीहरु भएका थिए। अडिसनबाट १९ जनाले छनौट भई दोस्रो चरणमा पुगेका कार्यक्रम संयोजक अशोक सिवाले जानकारी दिनुभयो।
यसैगरी भाद्र १ गते बेल्टार, भाद्र ३ गते नेपालटार, भाद्र ४ गते कटारी र भाद्र ७ गते गाईघाटमा पहिलो चरणको अडिसन हुनेछ।
जिल्लाका दूर दराजमा रहेका लुकेका गायन प्रतिभाहरुलाई पहिचान गरी उनीहरूका कलालाई प्रवर्द्धन गर्ने मुख्य उद्धेश्यकासाथ आयोजना हुनगइरहेको यस कार्यक्रमको अडिसन राउण्ड रामपुर, बेल्टार, गाईघाट, कटारी गरी प्रमुख ४ ठाउँहरुमा हुने उदयपुर कलाकार समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक अशोक शिवा ज्यूले बताउनुभएभयो।