चतरा पुलबाट सप्तकोशीमा हाम्फाली एक युवक को मृत्यु ।

भदौ ३, झापा। उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका जोड्ने सप्तकोशीको पुलबाट कोशीमा हामफालेर सोमबार एक २५ वर्षीय पुरुषले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने पुरुष सुनसरी, धरानका सुनिल साह खोलेको सुनसरी जिल्ला प्रहरी निरीक्षकले जनाउनु भएको छ।

सोमबार साँझ करिब ४:३० बजे साह स्कुटीमा पुलको बीचमा आएर कोशीमा हाम्फालेका थिए। प्रहरीका अनुसार मृतकका मामा माइजू घटनास्थलमा आएपछि मृतकको पहिचान खुलेको थियो भने उनको लास अझै भेटिएको छैन र खोजी कार्य जारी रहेको छ। यस घटना भन्दा केही वर्ष अगाडि सोही पुलबाट एक युवक मोटरसाइकलमा आएर हाम्फाली आत्महत्या गरेका थिए । उनको लास अझै भेटिएको छैन र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *