विकासका योजनाहरु ढिलासुस्ती र चरम लापरवाहीका कारण अलपत्र पर्ने गर्दछन। जसका कारणले उक्त योजनाबाट निश्चित रुपमा हुने सामाजिक तथा आर्थिक लाभबाट समाज वन्चित हुन बाध्य हनु दुखद विषय हो। सम्बन्धित निकाय तथा नेतृत्ववर्गले आवश्यक ध्यानाकर्षण नपुर्याउदा र जिम्मेवारी वहन नगर्दा तथा नियमन र अनुगमनको पक्ष कमाजोर बन्दा उदयपुरका अधिकांश भौतिक पूर्वाधार विकासका योजना अलपत्र परेका छन् । ति मध्ये तिन वटा चरम लापारवाही बेहोरी अलपत्र परेका विकासका योजनाहरु तल चर्चा गरिएको छ: तल प्रस्तुत गरिएका योजना मात्र असफल भएका होइनन स्वयम् सरकार, नेतागण तथा जनाप्रतिनिधिहरुसमेत असफल भएका हुन् भनि पुष्टि गरिरहन पर्दैन ।
१. बेलाका नगरपालिका ३ रातापानी र सातपत्रे जोड्ने गिदेरी खोलाको पुल:
उदयपुरको बेलका नगरपालिका वडा न. ३ को सातपत्रे र रातापानी जोड्ने गिदेरी खोलाको पुल ११ वर्ष अघि आधिकारिक रुपमा आर्थिक वर्ष २०७०/०७१ मा डा. खड्काद्वारा शिलान्यास भएको थियो। कुल १३ करोड ३९ लाख ६७ हजार ४७९ रुपियाँ लागतमा २१८ मिटर लम्बाइ तथा सात वटा वेल फाउन्डेसन पिल्लर र ६ वटा स्पान रहेको गिदेरी खोलाको पुलको काम अहिलेसम्म पिल्लर र दुई वटा स्ल्याब ढलान भइ अलपत्र अवस्थामा रहेको छ। पुल नबन्दा सातपत्रे, भागलपुर, पुरन्दह, करैया, बेल्हा, गलफडियालगायत आधा दर्जन गाउँका बासिन्दाले सास्ती खेप्दै आएका छन् । नगरपालिकाको कार्यालयमा आउनको लागि पनि यो गाउँका नागरिकलाई निक्कै समस्या छ ।
वर्षाका बेला नगरपालिका जान तपेश्वरी क्षेत्र हुँदै शनिबारे–सुपाडे–लालबजार–गुरुङ चौरीको ४० किलोमिटर यात्रा तय गर्नु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। पुल बने मात्र पनि १५ किलो मिटर हिँडेपछि आधा दर्जन गाउँका बासिन्दालाई नगरपालिका पुग्न सहज हुनेछ। पुल नबन्दा गत वर्षको बाढीले एक स्थानियलाइ बगाई ज्यान समेत लिएको थियो। पुल नबन्दा नागरिकले खेप्नुपर्ने दुख शास्ती जति छ त्यति नै बाढीको जोखिम समेत रहेको छ। पुर्व परराष्ट्रमन्त्रि तथा उदयपुर क्षेत्र न १ का संघीय संसद डा नारायण खड्का बेलाका पोष्टसँग कुरा गर्दै आश्वाशन दिनुहुन्छ “ पप्पु संजीवनी निर्माण कम्पनिका ठेकेदारलाइ बिरगंज समेत पुगेर लाई काम सकिहाल्न दवाब दिएको छु, यसैपालि भित्र पुल बन्नेछ।”
२. चौदण्डीगढी नगरपालिका ०५ शिवाई र बेल्ही जोड्ने पुल:
शिवाही पुलको निर्माण २०६७ सालमा सुरु गरिएको थियो । १२ वटा पिल्लर र ११ वटा स्ल्याब रहेको पुलको सिवाही खण्डको दुई वटा स्ल्याब बाढीले बगाएको थियो । कुल ११ करोड २६ लाख रुपियाँको लागतमा दुई वर्षमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६७/६८ मा निर्माण सुरु भएको पक्की पुल हालसम्म सञ्चालनमा आउन सकेको छैन ।अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका- ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएपछी बाढीले बगाएको थियो। अहले योजना स्सुरु भएको १४ वर्ष पुग्दा समेत अलपत्र अवस्थामै रहेको छ।
३.त्रिनपा ०१ , जोगीदहस्थित सगरमाथा विमानस्थल
उदयपुर सदरमुकाम गाईघाटमा विमानस्थल निर्माणका लागि २०३२ सालदेखि नै प्रयास हुँदै आएको थियो। हालको थरुहट रंगशाला तथा त्रि.न.पा. ०७ चुहाडेमा विमानस्थल बनाउन पहल गरिदै आइएको थियो। उदयपुरवासीको चाहाना अनुरुप पहल गर्न थालिएको ३४ वर्षपछी त्रिनपा–१ जोगीदहमा जिल्ला वन कार्यालय उदयपुर र जोगीदह मोथ्याईका १७ परिवारले जग्गाको मुआब्जा समेत नलिई हवाई मैदान निर्माण गर्न जग्गा दिने तयारी गरेपछि २०६७ सालमा पहिलोपटक पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन र वातावरणसम्बन्धी अध्ययन गरेपश्चात सगरमाथा विमानस्थलको योजना अघि बढेको थियो। योजना अघि बढेको १४ वर्षपछी समेत रुख कटान, घेराबेरा तथा खाल्डो पुर्ने कामहरु भन्दा बढी केहि केहि हुनसकेको छैन। १ हजार ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावन मार्ग र धावन मार्गको बीचबाट दुवैतर्फ ७५/७५ मिटर गरी जम्मा १ सय ५० मिटर चौडाइको खाली जमिन रहने गरी विमानस्थलको डिजाइन गरिएको छ। करिब एक अर्ब २० करोड रुपैयाँ बजेटको यस योजना अहिले अख्तियारमा उजुरी रोकिएको अवस्थामा छ ।