दोस्रो वाई वाई बेलका गोल्डकपको उपाधि गाईघाट फुटबल क्लबलाई
कार्तिक १०, बेलका। दोस्रो वाई वाई बेलका गोल्डकपको उपाधि फुटबल क्लबले हात पार्न सफल भएको छ। शनीवार भएको फाइनल खेलमा गाइघाट फुटबल क्लबले २-० गोल अन्तरले एभरेष्ट फुटबल क्लबलाई हराउँदै ट्रफी उचालेको हो।
कार्तिक ०३ गतेदेखि सुरु भएको यस गोल्डकपमा विजेता टीम गाईघाट फुटबल क्लबले नगद रु,१ लाख , ११ हजार १ सय एघार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् भने उप-विजेता टीम एभरेष्ट फुटबल क्लब सुनसरीले नगद रु. ५५ हजार पाँच सय पच्पन्न रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पर्ने छन।