बेलकामा कोशी प्रदेश स्तरीय मेयर कप आयोजना हुदैँ

बेलकामा कोशी प्रदेश स्तरीय मेयर कप आयोजना हुदैँ

 

कार्तिक-११, बेलका।  नगरपालिका भरी प्राय: फुटबल प्रतियोगिताहरुमात्र भइरहदा  बेलका नगर युवा तथा खेलकुद समितिको आयोजनामा  कोशी प्रदेश स्तरीय तेस्रो मेयर कप पुरुष खुल्ला भलिवल प्रतियोगिता यहि कार्तिक १३ गतेदेखि १५ गतेसम्म उदयपुरको बेलका -०६ स्थित बुद्द चोकमा  हुने भएको छ।   बेलका नगर युवा तथा खेलकुद समितिका अध्यक्ष गोपीलाल राई ज्युले सिमित बजेटको वावजुद पनि स्थानीय भलिवल खेलाडीहरुका विकास तथा समग्र भलिवल खेलको विकास गराउनका निमित्त  यस प्रतियोगिता गराउन लागिएको जनाउनुभयो। 

यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र र त्यसैगरी दोस्रो स्थान हासिल गर्ने टिमलाई रु. नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने व्यवस्था रहेको छ।  बेलाका नगरपालिकाको मुख्य सहयोगमा हुन गईरहेको यस प्रतियोगितामा जम्मा ६ वटा टिमहरले सहभागिता जनाउदै छन्।  आयोजकका अनुससार प्रतियोगितामा सहभागीता  जनाउनका लागि नगद ५,१०० रुपैया प्रवेश शुल्क रहेको छ।   प्रत्येक खेलमा म्यान अफ द म्याचका लागि रु. १,००० नगद राशिको  व्यवस्था रहेको छ भने   सर्वोत्कृष्ट खेलाडीका लागि रु. २५,०००, उत्कृष्ट सटरका लागि रु. १,५००, उत्कृष्ट  लिब्रोका लागि रु.१,५००, उत्कृष्ट वलकारका लागि  रु:१५०० र  उत्कृष्ट स्पाईकरका लागि  रु. १,५०० नगद राशिको व्यवस्था रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *