बेलकामा विज्ञानको गतिविधि गर्न टेलिस्कोप खरिद; टेलिस्कोप् खरिद गर्ने स्थानीय सरकारमा बेलाका दोस्रो स्थानमा
कार्तिक १६, बेलका। विज्ञानको क्षेत्रमा अघि बढ्न २ न वडा कार्यालय बेलका नगरपालिकाले टेलिस्कोप खरिद गरी शुक्रवार साझ बेलका-०२, रेडक्रस भवनमा टेलिस्कोप उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। समुदायका बालबालिका विद्यार्थीहरुका लगाव विज्ञान तथा अन्तरिक्ष विज्ञानको क्षेत्रको बढाउन तथा बाला मष्तिस्कमा विज्ञानको उजागर गर्न टेलिस्कोपले महत्वपुर्ण भूमिका खेल्ने विश्वासका साथ टेलिस्कोप खरिद गरिएको वडा अध्यक्ष प्रेम दाहाल ज्युले बताउनु भयो।
टेलिस्कोप खरिद सगै स्थानीय तहमा शैक्षिक तथा वैज्ञानिक गतिविधिहरु गर्न वैज्ञानिक उपकरणको रुपमा टेलिस्कोप खरिद गर्ने बेलका नगरपालिका नेपालमै दोस्रो स्थानीय सरकार बनेको छ। यस भन्दा पहले बिराटनगर महानगरपालिकाले अन्तरिक्ष सम्बन्धि गतिविधिहरु गर्न सन् २०२२ मा टेलिस्कोप खरिद गरेको थियो। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले वडा न २ मा सन् २०१७ देखि नै खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धि गतिविधिहरु गर्दै आइरहेको थियो। उक्त क्रियाकलापहरुबाट प्रेरित भई समुदायका केहि युवाहरु उजागर भई समुदायमा सहज ढंगबाट विज्ञानका गतिविधिहरु संचालन गर्न २ न वडा कार्यालयमा पहल गर्दै आएका थिए । युवा विद्यार्थीहरुका उक्त पहललाई सम्बोधन गरी समुदायमा विज्ञानको महत्व महशुस गर्दै २ न वडा कार्यालयले उक्त टेलिस्कोप खरिद गरेको हो।
कार्यक्रममा 130 Eq Celestron Astromaster नाम रहेको १३० मिलिमिटर व्यासको नाप भएको रिफ्लेक्टर टेलिस्कोपलाई वडा अध्यक्ष दाहालले रातो पर्दा हटाई उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बेलका नगरपालिकाको प्रेस संयोजक ध्रुव कोईराला, बेलका २ भागलपुरका बुद्दीजीवि, समाजसेवी सुवास बिस्ट, नारायण बस्नेत, दिलराज राई, सिताराम, राई, राम कृष्ण राई तथा शिक्षक वर्गहरु ध्रुव कोईराला, उपेन्द्र यादव, बिजय राई, दिनेश भुजेल, पिताम्बर कोईराला तथा युवाहरु उपस्थित उपस्थित रहेका थिए।