उदयपुरको भागलपुरमा लोकल कन्सर्ट तथा रात्रि आकाश अवालोकन कार्यक्रम हुने
उदयपुरको बेलका नगरपालिका -०२ भागलपुरमा स्थानीय कन्सर्ट तथा रात्री आकाश अवलोकन कार्यक्रम सोमबार साँझ हुने भएको छ। स्थानीय कलाकारहरुहरुको कला प्रवर्द्दनका साथै खगोल तथा स्थानीय समुदायमा अन्तरिक्ष विज्ञान उजागर गर्ने उद्धेश्यका साथ बेलका पोष्ट, नेपाल एश्त्रोनोमिकल सोसाईटीको आयोजकत्वमा कार्यक्रम संचालन हुने भएको हो। भागलपुरमै पहिलो पटक कन्सर्ट हुन लागेकाले भागलपुरको संगीत क्षेत्रमा यस कार्यक्रमले छुट्टै बेन्चमार्क सेट गर्ने भएकाले विशेष रहेको आयोजकले बताए।
बेलका २ का युवाहरुका अग्रसरतामा आयोजना हुने यस कार्यक्रमबाट उठेको नगदले भागलपुरको वाधडाडा चोकमा मिनी पुस्तकालय स्थापना गरिने आयोजक युवाहरुले जानकारी गराए। कन्सर्टका लागि बेलका भित्रै रहेका संगीत तथा गायन क्षेत्रमा लागेका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ भने अतिथि कलाकारका रुपमा उदयपुर बसाहाका गीटारिस्ट प्रेनिश राई, गायिका संजिना राई तथा अन्य अतिथि कलाकारहरुका को समेत प्रस्तुति रहनेछ। खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा भागलपुरमा सन् २०१७ देखि निरन्तर रुपमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले विभिन्न गतिविधिहरु गर्दै आईरहेको छ।