उदयपुरको बेलकामा पहिलो पटक जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुदै
कार्तिक २४, बेलका। यहि मिति २०८१ साल कार्तिक ३० गतेबाट बेलका तेक्वान्दो डोझाङ्गले उदयपुरको बेलका नगरपालीकामा “२ दिने जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता” आयोजना गर्ने भएको छ। बेलका नगरपालिका वडा नं ०६ मा रहेको बुद्ध चौकको चौरि मा संचालन हुने यस प्रतियोगिता मङ्सिर १ गतेसम्म हुने भएको छ उक्त प्रतियोगितामा उदयपुरका ४ वटा पालिका बाट ५ टिम सहभागी हुने भएका छन् । जसमध्ये को विजयी टिम लाइ प्रथम द्वितीय, तृतिय पुरस्कारको रुपमा मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक समितिका सहसंयोजक सितल अधिकारी ले बताउनु भयो।
स्थानिय सरकारको कुनैपनि सहयोग बिना नै सन्चालन हुन गैइरहेको यस प्रतियोगिता बेलका नगरपालिका मै पहिलो पटक हुन गैइरहेको तेक्वान्दो प्रतियोगिता हो । तेक्वान्दो स्थानीय स्तरमै तेक्वान्दो प्रतियोगिता गराई स्थानीय खेलाडी उत्पादन जोड दिनु नै यस प्रतियोगिताको मुख्य उद्धेश्य रहेको छ। सीमित स्रोत र साधनका कारण स्थानीय सरकारले पर्याप्त मात्रामा खेलकुद क्षेत्रलाई समेट्न नसकेको अवस्थामा यस प्रकारमा खेल प्रतियोगिताहरूले तेक्वान्दो विकासमा महत्वपूर्ण भूमिका रहनेछ।