बेलकामा पहिलो पटक खगोल कविता वाचन तथा रात्री आकाश अवलोकन कार्यक्रम सम्पन्न 

बेलकामा पहिलो पटक खगोल कविता वाचन तथा रात्री आकाश अवलोकन कार्यक्रम सम्पन्न 

कार्तिक २७, बेलका।  नेपाल एष्ट्रोनोमिकल सोसाईटीको आयोजना, २ नं वडा कार्यालय र हिमशिखर सामुदायिक इंगलिस स्कुलको मुख्य सहयोगमा उदयपुरको बेलका नगरपालिकामा सोमबार साँझ खगोल कविता वाचन तथा रात्रि आकाश अवलोकन कार्यक्रम सम्पन्न भएको छ बेलका-०२, भागलपुरस्थित भएको यस कार्यक्रमको मूल उद्धेश्य साहित्य र विज्ञानमार्फत  विद्यार्थीहरुलाई विज्ञानको क्षेत्रतिर लाग्न उत्प्रेरित गर्नु थियो भने यस प्रकारको  कविता वाचन कार्यक्रम बेलका नगरपालिकामै  पहिलो पटक भएको हो विद्यार्थीहरुलाई खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रतिर लाग्न उत्प्रेरित गर्न यस प्रकारका कार्यक्रमहरु महत्वपुर्ण हुने कुरा सहभागी शिक्षक  तथा अभिभावकवर्गले जनाएका थिए। 

 

कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक तथा अन्य युवाहरुले टेलिस्कोपको माध्यमबाट चन्द्रमा अवलोकन गरेका थिए भने, कवि कन्चन बस्नेतका खगोल कविता तथा अन्य फुटकर कविता, बेलाका नगरपालिकाको प्रेस संयोजक ध्रुव कोईराला र आर्यन कोइराला समेतले आफ्ना कविताहरु वाचन गरी प्रस्तुत गरेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *