बेलकाकि छात्रा पल्पसाले बि एसि नर्सिङ पढ्न पुर्ण छात्रावृत्तिमा नाम निकालिन्।
कार्तिक १२, बेलका। उदयपुर, बेलका नगरपालिका वडा नं २ भागलपुरकि पल्पसा तिमल्सिनाले बि. एसी. नरसिंग(B.Sc. Nursing) अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी छिन्। नेपाल सरकारको चिकित्सा शिक्षा आयोगद्वारा लिईने प्रवेश परिक्षामा खुल्लातर्फ तिमल्सिनाले नाम निकालेकी हुन्।तिमल्सिना भन्छिन- “पढ्न आट गर्यो भने सकिने रहेछ, गाह्रो छ भनेर हार मान्नु भएन”।
भागलपुरमै बाल्यकाल बिताएकी पल्पसाले इटहरीको श्री जनता माध्यमिक विद्यालयबाट एस.ई.ई. उत्तीर्ण गरेकी थिईन। बाल्यकालदेखि नै मेडिकल क्षेत्र रुचाउने पल्पसाले सोहि अनुरुप विषय चयन गरी अध्ययन गर्न बिराटनगरस्थित अरनिको माध्यमिक विद्यालयबाट विज्ञान संकायमा कक्षा-११/१२ उत्तीर्ण गरेकि थिईन। कक्षा-१२ को परिक्षा सकिए लगत्तै पल्पसा बि. एसी. नरसिंगको प्रवेश परिक्षा तयारीमा जुटेकी थिईन. जसको फलस्वरूप खुल्लातर्फ सजिलै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी हुन्।