समाजको सामाजिक पक्ष कसरी बदल्ने !

समाजको सामाजिक पक्ष कसरी बदल्ने !

 

हाम्रो समाजको गरिबी,बेरोजगारी,भ्रष्टाचार,विभेद,शोषण ,अशान्ति ,असन्तुष्टि  आदिको कारण कतै तल भनिएको चिज पो हो कि!छ्लफल गरौँ है।सुझाव वा आफ्नो तर्क पनि राख्नुहोला।

 

के, हामिलाइ दास,मालिक व्यवस्था मन पर्यो?

सामन्ती व्यवस्था मन पर्यो?

पन्चायती व्यवस्था मन पर्यो?

जाहानिया राणा शासन र  निरंकुश राजतन्त्र मन पर्यो?

यिनले देश र जनताको  समानता र समताको  आधारमा सबैको  न्यायपुर्ण बिकास  र हित गर्यो?त्यो सबै गरेन।

 

नेपाली लाई यी सबै मन परेन। त्यसैले सबै ती व्यवस्था फालिदिए र व्यवस्था परिवर्तन गरे। तर, आज नेपाली हरुले जुन धर्म,सँस्कृती,परम्परा ,प्रथा,मुल्य मान्यता,सँस्कारहरु मानिरहेका छ्न ती तिनै दासमलिक,सामन्ती,निरंकुश र जाहानिया शासक हरुले बनाएका हैनन र? आफ्नो शक्ति र सत्ता शसक्त ढंगले  कायम र सुरक्षित राख्न तथा जनताको मष्तिस्कमा खेल्ने बिचार ,चिन्तन ,भावना र मानसिकता लाई आफ्नो अनुकुल हुनेगरि नियन्त्रणमा राख्न बनाएका हैनन र?अनि त्यो शासक र शासन मन नपर्ने तर तिनले जनताको मष्तिस्कलाइ शासन गर्न बनाएको बैचारिक हतियार चै निरन्तर अभ्यास गर्ने?त्यो कसरी हुन्छ?

 

सँस्कार,सँस्कृती,परम्परा ,धर्म र मूल्य मान्यताहरुले मानिसको सोँच,बिचार,चिन्तनगर्ने तरिका र दृष्टिकोण निर्माण गर्छ हैन र? उदाहरण के “पति वा श्रीमान ईश्वर हुन,भगवान हुन”भन्ने झुटो मान्यता स्थापित नभएकोभए र त्यस्लाइ पुस्टिगर्ने अनेक झुटा सँस्कृती,प्रथा ,परम्परा र शास्त्र नलेखिएको  वा नबनाइएको भए एउटा पुरुषले अनगिन्ती महिलालाइ बिबाह गर्न, महिलालाइ हरेक घरमा सबै भन्दा धेरै श्रम गराउन,शोषण गर्न,सम्पत्ति र सबै निर्णय गर्ने अधिकार हरुबाट बंचित गर्न,राजनीति ,सँस्कृती र अर्थतन्त्र को केन्द्रबाट सँधै टाढा राख्न,पैत्रिक सम्पत्ती बाट बंचित गर्न सकिन्थ्यो?

 

सबै भन्दा धेरै सीप जानेका समुदाय लाई अछुत,पापी वा कमसल नभनेको भए र उनिहरुको सोँच,बिचार,चिन्तन र दृष्टिकोण ध्वस्त बनाउने त्यहि अनुसारको सँस्कृती,धर्म,मूल्य मान्यता र परम्परा ,प्रथा नबनाएको भए उनिहरुलाइ शोषण गर्न,दलन गर्न सम्भव थियो? र,त्यही सोँच,बिचार,चिन्तन र दृष्टिकोणकै आधारमा समाज एस्तो बनेको हैन??यो सामन्य कुरा हो र? अहिले हाम्रो समाज जस्तो छ,त्यो हाम्रो समाजको मानिसको सोँच,बिचार,चिन्तन र दृष्टिकोणको परिणाम र प्रतिबिम्ब हैन र? हाम्रो सोँच,बिचार,चिन्तन र दृस्ठिकोण निर्माण गर्ने आधार चैँ हामिले मान्ने र अभ्यास गर्ने धर्म,सँस्कार,सँस्कृती,परम्परा इत्यादि हैनन र?

 

एदि समाज बदल्ने हो भने, समाज बदल्न आवस्यक पर्ने ,सोँच,बिचार,चिन्तन र दृस्ठिकोण बदल्नुपर्दैन? समानता,समता र न्यायपुर्ण समाज बनाउन बिज्ञानसम्वत सँस्कार,सँस्कृती र परम्परा हरु बनाउँन हरेक सचेत युवा,अभियान्ता र नेताहरुले अग्रसर हुनुपर्दैन? सम्वत सँस्कार,सँस्कृती र परम्परा हरु बनाउँन हरेक सचेत युवा,अभियान्ता र नेताहरुले अग्रसर हुनुपर्दैन? त्यही कुरिती,पाखण्ड,ढोङ्ग र अंधबिस्वास हरुलाइ प्रोत्साहन र प्रवर्द्धन गर्दै हिन्ने कथित नेता हरुलाइ इतिहास ले खिसी टिउरी नगर्ला र?यो बहस को बिषय हो जस्तो लाग्छ। हामिले धर्म,सँस्कार,सँस्कृती,परम्परा वा प्रथाको नाउमा जे जे अभ्यास गरिरहेकाछौँ त्यस्को अध्यन नगरी,वास्तविकता जबुझी,त्यस्ले समाजलाइ पर्ने प्रभाव र असरको बिसयमा नसोँची कदापि मान्नुहुँदैन। समाजलाइ सकारात्मक फाइदा पुर्याउने,समाजमा समानता कायम गर्ने र सामुहिक भाव पैदा गर्ने सँस्कार र सँस्कृतिहरु लाई थप विकसित गरेर लैजानुपर्छ।तरब उच,निच,पबित्र,अपबित्र,पापी,धर्मी,छुत,अछुत जस्ता अमुर्त र अबैज्ञानिक कुराहरु गरेर समाज भाँड्ने,फुटाउने,शोषण गर्ने सबै पाखण्ड र कुरितिहरुको घोर बिरोध गर्नुपर्छ।

 

-रमेश लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *