बेलका नगरपालिका वडा नं ६ का गर्जमान बिक उदयपुर आइडलको टप ६ मा पर्न सफल भएका छन्। बिक भन्छन् -“संगीत क्षेत्रमा भएको आफ्नो रुचि र दर्शकहरुका हौसला र साथले नै म यहाँसम्म आईपुगेको छु।”
बिक उत्कृष्ट ६ जना भित्र सहभागीहरू मध्य बेलका नगरपालिकाको १ जना मात्र सहभागी हुन। शसस्त्र प्रहरी बलमा कार्यरत विक गायन क्षेत्रमा रुचि रहेकाले गत श्रावण महिनादेखि सुरु भएको उदयपुर आइडलमा सहभागी भएका थिए।