दक्षिण कोरियामा भयानक विमान दुर्घटना; हालसम्म ३ जना जिवितै उद्दार, २८ जना मृत्यु

दक्षिण कोरियामा भयानक विमान दुर्घटना,

दक्षिण कोरियाको छल्लानाम्दो प्रान्तको मुआन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ ।
बिहान ९ बजेर ७ मिनेटमा बैंककबाट आएको जेजु एअरको विमान विमानस्थलको धावनमार्गबाट चिप्लिएर भित्तामा ठोकिएपछी आगलागी शुरु भएको थियो ।

विमानमा १७५ यात्रु सहित चालक दलका ६ सदस्य सवार रहेका थिए ।दुर्घटनाग्रस्त जेजु एअरको विमानको पछाडीको भागबाट ३ जनाको जिवितै उद्धार गरिएको छ भने हालसम्म २८ जनाको मृत्यु पुष्टी भैसकेको छ । उद्दार गरिएकामध्य २ जना यात्रु र १ जना चालकदलका सदस्य रहेका छन् । विमानमा १८१ जना सवार रहेका थिए …

घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *