Jan 1,Belaka. बेलका नगरपालिकाको नगर अस्पतालले बुधवार उद्घाटन समारोह कार्यक्रम गर्दै डिजिटल एक्स-रे मेसिनको उद्घाटन गरेको छ। “यस एक्स रे मेसिनको प्रयोगबाट दुई-तीन मिनेटभित्रै डिजिटल रुपमा गरिएको एक्स रे मोबाइलमा हेर्न सकिने तथा २-३ घण्टाभित्र पत्ता एक्स-रे गर्ने उद्घाटन समारोह कार्यक्रममा बोल्दै नगर अस्पतालका डा. विशाल राईले जनाउनु भयो।
“नगरपालिकाको अन्य भाडामा दिइएका कोठाहरुलाई खाली गरेर हामी चाँडो भन्दा चाँडो आकस्मिक कक्षमामा कस्ता खालका सेवाहरु सञ्चालन गर्नुपर्ने हो त्यो सेवाहरु सञ्चालन गर्नेछौं” उद्घाटन समारोहका प्रमुख अतिथि मेयर अशोक कार्कीले बताउनु भयो। कुनैपनि कुराहरू सडकमा र बोल्न र सरकारमा बोल्न धेरै फरक हुने कुरा जनाउँदै नगर उप – प्रमुख जिरा राई ज्यूले शुभकामना मन्तव्यमामा यस सेवा सुचारु गरिएको प्रयासहरुको सम्बन्धमा भन्नुहुन्छ “ हामीले जुन ढङ्गले जती छिटो छरितो गर्नुपर्थ्यो गर्न सकेनौं त्यसको हामीले आत्मालोचना गर्नुपर्छ तर यसको मतलब हामी पनि हात बाँधेर बसेका छैनौं”।
सन् २०२० मा स्थापना भएको बेलका नगरपालिकाको पहिलो र एकमात्र यस नगर अस्पतालमा अहिलेसम्म एक्स रे मेसिन उपलब्ध थिएन। बेलकाका नागरिकहरु एक्स-रे गर्नका लागि सुनसरीको धरान तथा सप्तरीको फत्तेपुर पुग्ने गरेका थिए। नगर अस्पतालमा यस एक्स रे को सेवा उपभोग गर्नका लागि बीमा गरेका नागरिकहरुलाई कुनैपनि शुल्क लाग्ने छैन भने बीमा नगरेका नागरिकहरुलाई एउटा एक्स रे को लागि रु ५०० लाग्नेछ।